कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन यातायातविरूद्धको मुद्दामा सर्वाेच्चले दिएन ‘स्टे अर्डर’ : माघभित्रै ट्रायल लिने तयारी

भरतपुर । चितवनमै सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को सेवा थाल्ने तयारी गरेको यातायात कार्यालयविरूद्ध पटक–पटक सर्वोच्च अदालतमा मुद्दा परेपछि सेवा सुरू गर्न ढिलाइ हुँदै आएको छ । सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षाको लागि ट्रायल सेन्टर छनोट गर्ने क्रममा दुई पटकसम्म सर्वोच्चमा रिट परेको छ । ट्रायल सेन्टरको प्राविधिक मूल्याङ्कन र आर्थिक प्रस्ताव मूल्याङ्कन गर्ने बेलामा छनोटमा नपरेका ट्रायल सेन्टरले सर्वोच्चमा रिट हालेका हुन् ।
पछिल्लो पटक आर्थिक प्रस्ताव पेश गरेको सद्गुरू ड्राइभिङ ट्रेनिङ सेन्टरले यातायात कार्यालयविरूद्ध रिट हाल्यो । प्रति सेवाग्राही एक पैसामा ट्रायल सेन्टर उपलब्ध गराउने आर्थिक प्रस्ताव पेश गरेको सद्गुरूले आफू छनोटमा नपरेपछि पुस १४ गते सर्वोच्चमा रिट हाल्यो । यातायात कार्यालयले शून्य रूपैयाँ अर्थात् निःशुल्क ट्रायल सेन्टर उपलब्ध गराउने भनी प्रस्ताव पेश गरेको महालक्ष्मी ट्रायल सेन्टरलाई छनोट गरेको हो ।
आफ्नो मनसाय पनि निःशुल्क उपलब्ध गराउने रहेकाले आर्थिक प्रस्ताव छनोटको प्रक्रिया रोक्न माग गर्दै सद्गुरूका सञ्चालकले रिट हालेका हुन् । तर, सर्वोच्चले भने ‘स्टे अर्डर’को आदेश दिएन । के कति कारणले महालक्ष्मीलाई छनोट गरिएको हो रु निवेदकको मागबमोजिम उत्प्रेषणको आदेश किन नदिने रु भन्दै सर्वोच्चले यातायातसँग जवाफ भने मागेको छ ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत शुक्रबार सर्वोच्चलाई जवाफ पठाइएको यातायात कार्यालय चितवनका प्रमुख कालीबहादुर भुजेलले बताए । ‘हामीले शुक्रबार महान्यायाधीवक्ताको कार्यालयमार्फत जवाफ पेश गरेका छौँ’, उनले भने, ‘उनीहरुले उत्प्रेषणको आदेश जारी गरी पाउँ भनी निवेदन पेश गरेका थिए । सर्वोच्चले उत्प्रेषणको आदेश जारी गरिरहन नपर्ने भन्यो । यो मुद्दामा के कसो भएको हो रु उत्प्रेषणको आदेश जारी हुन नपर्ने कारण के हो रु भनेर अदालतले हामीलाई पत्र लेखेको थियो ।’
कानुन सङ्गत ढङ्गले नै ट्रायल सेन्टर छनोट गरिएको व्यहोरा पठाइएको उनले बताए । न्यून लागत विधिअनुसार एक पैसा भन्दा शून्य पैसा कम देखिएकाले महालक्ष्मीलाई छनोट गरिएको उनले बताए । यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्याङ्कनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वोच्चमा रिट हालेको थियो ।
ट्रायल परीक्षा लिनको लागि यातायात कार्यालयले महालक्ष्मी ट्रायल सेन्टरसँग पुस १७ गते सम्झौता गरिसकेको छ । सम्झौताअनुसार उक्त ट्रायल सेन्टरले ट्रायल लिने बेला प्रशिक्षार्थीसँग कुनै शुल्क लिने छैन । सेवाग्राहीले परीक्षा दिने बेलाबाहेकको अवस्थामा आफूखुसी सिक्ने बेलामा ट्रायल सेन्टरले छुट्टै शुल्क लिन पाउँछ ।
अहिले यातायात व्यवस्था कार्यालयको नयाँ भवमा लाइसेन्स र नवीकरण फाँटको लागि अस्थायी ९टिनको टहरा० संरचना बन्दै छ । उक्त टहरामा छवटा कोठा बनाउने तयारी भइरहेको यातायात कार्यालयका लेखा प्रमुख सम्राटमणि अधिकारीले जानकारी दिए । उक्त संरचना माघको अन्तिम सातामा निर्माण सम्पन्न भइसक्ने अपेक्षा गरिएको छ । त्यसलगत्तै लाइसेन्सको सेवा सुरू हुने उनले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]