कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
माडीस्थित नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखाको सभापतिमा हेमलाल ढकाल निर्वाचित

माडी । माडीस्थित नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखाको सभापतिमा हेमलाल ढकाल निर्वाचित भएका छन् ।
ढकालले आफ्ना निकटतम प्रतिस्पर्धी बिन्दु महतोलाई पराजित गर्दै सभापति पदमा निर्वाचित भएका हुन् । निर्वाचित ढकालले १२७ मत ल्याउँदा अर्का प्रत्यासी बिन्दु महतोले ९५ मत पाएका थिए ।
गत पुस २९ मा उद्घाटन भएको उपशाखाको २४औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनमा पदाधिकारी चयनमा सहमति हुन नसकेपछि शनिबारका लागि निर्वाचनको मिति तय गरिएको थियो ।
त्यसैगरी आफ्ना निकटतम प्रतिस्पर्धी विष्णुकुमारी सुवेदीलाई पराजित गर्दै उपशाखाको उपसभापतिमा पार्वती लामिछाने चयन भएकी छन् उनले १०७ मत ल्याएका थिए ।
भने आफ्ना निकटतम प्रतिस्पर्धी ईश्वरीप्रसाद ढकाललाई पराजित गर्दै १०९ मतका साथ सीता तिमिल्सिना, सचिवमा १२४ मतका साथ लोकराज पोख्रेललाई पराजित गर्दै भोलानाथ पौडेल सह–सचिवमा, ११३ मतका साथ सुवास पौडेललाई पराजित गर्दै लक्ष्मी कँडेल पाठक कोषाध्यक्ष पदमा निवाचित भएका छन् ।
उपशाखाको उपकोषाध्यक्षमा श्यामप्रसाद पराजुली तथा सदस्यहरुमा रामलाल चौधरी, विष्णुकुमार महतो, सुरेश अधिकारी र विक्रमप्रसाद महतो भने गत पुस २९ गते नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]