कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चनौली टोल विकास संस्थाको शनिबार सम्पन्न वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कालिकाप्रसाद खनालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन

चनौली । भरतपुर–२० स्थित चनौली टोल विकास संस्थाको शनिबार सम्पन्न वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कालिकाप्रसाद खनालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले सचिवमा सुरेश घिमिरे, कोषाध्यक्षमा द्रौपती महतो र सदस्यहरुमा रामप्रसाद ढकाल, शम्सेरबहादुर कटेल, रवि लामा, विक्रम श्रेष्ठ, गीता लम्साल र भावना श्रेष्ठ रहेका छन् ।
भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मुक्तिप्रसाद घले प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष घलेले यस टोलले विकासको सम्भावना बोकेकोले व्यापारिक केन्द्र बन्दै गएको चनौली बजारमा नमुना टोल बनाउन टोलवासीहरु लागिपर्न अनुरोध गरेका थिए ।
स्थानीयस्तरमा आपसी समन्वय, सामाजिक ऐक्यबद्धता, लागू पदार्थ, दुव्र्यसनको अन्त्य गराउँदै टोलभित्र टोलको वातावरण तथा सरसफाइ प्रवद्र्धन गर्दै सिर्जना र विकास निर्माणमा सहयोग गर्न प्रयत्न गर्ने अध्यक्ष कालिकाप्रसाद खनालले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ चनौलीका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, गुञ्जनगर खानेपानी तथा जेएमसी सहकारीका अध्यक्ष महेन्द्र गुरूङ, गुञ्जनगर खानेपानीका पूर्वअध्यक्ष एकनारायण पौडेल, कल्याण आमा समूहकी अध्यक्ष विष्णुमाया पराजुली, ब्राम्हण समूह चनौलीका अध्यक्ष रामप्रसाद ढकाल, भिखना महतो, सविन न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका निवर्तमान अध्यक्ष दिनेश लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]