Listen Live: 

चितवनको इच्छाकामना गाउँपालिका ७ स्थित स्याङ्गदी गाउँमा एकहप्ते लघु उद्यम विकास तालिम सुरु

Radio Chitwan
आइतवार, माघ ८, २०७९

स्याङ्गदी । चितवनको इच्छाकामना गाउँपालिका ७ स्थित स्याङ्गदी गाउँमा एकहप्ते लघु उद्यम विकास तालिम सुरु भएको छ। गाउँपालिकाको आयोजनामा गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत शनिबारदेखि तालिम सुरु भएको हो।
चण्डिथान आधारभुत विद्यालयको भवनमा सुरु भएको तालिम पालिका स्तरीय लघु उद्यम विकास समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा समुद्घाटन गरि सुरु भएको छ।
कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पालिकाले स्थानीय महिलाहरुलाई लघु उद्यमी बनाउने उद्देश्यका साथ तालिम संचालन गरेको बताए। ‘तालिम पश्चात महिलाहरुले के उद्यम गर्न चाहन्छ सोहि विषयमा तालिम दिई महिलाहरुलाई लघुउद्यम खोल्न सहयोग गर्नेछौं’ –उनले भने।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष माया सिलवालले तालिम सहभागी महिलाहरुलाई तालिम लिएपछि उद्यमी बन्न शुभकामना दिए। उनले महिलाहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न सके स्थानीयको जीवनस्तर परिवर्तनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताए।
‘हामीले अहिले आम्दानीको लागि जे काम गरिरहेका छौं, त्यसैलाई विकसित गरेर व्यावसायिक बनाउन सके लघु उद्यमी बन्न सकिन्छ र थप आम्दानी गर्न सक्छौ, यसमा ध्यान दिन म दिदिबहिनीहरुलाई आग्रह गर्दछु’ –उनले भने ‘त्यसका लागि गाउँपालिकाले के गर्नुपर्छ भन्नुस् आवश्यक सहयोग गर्न गाउँपालिका हरदम तयार छ।’
करिब ८० जना महिलाहरु सहभागी तालिम ७ दिनसम्म सञ्चालन हुनेछ भने तालिम समुद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत वडासदस्य फुलमति वि।क।, चण्डिभञ्ज्याङ्ग सामाजिक महिला उद्यमी सहकारीका अध्यक्ष रश्मी गुरुङ, लघुउद्यम विकास समिति सदस्य कमला भट्टराई, महालक्ष्मी लाईफ इन्सुरेन्सका चितवन शाखा प्रमुख राजु थापा, एजेन्सी म्यानेजर निर्मला पिया लगायतको सहभागीता रहेको थियो।
क्जबचभ

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 15, 2024
होटल व्यवसायी महासंघको साधारण सभा रत्ननगरमा हुने

रत्ननगर । होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका […]

February 13, 2024
साैराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डाेरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियाेगिता गरिएकाे छ ।फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले आयाेजना गरेकाे साे प्रतियाेगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram