Listen Live: 

जिपको फुल्ली इलेक्ट्रिक गाडी सार्वजनिक, नेपालमा पनि छिट्टै आउने

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।
अहिले कुनै नाम नदिइएको यो इलेक्ट्रिक भेहिकल सुरुमा युरोपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइन्छ । यो इभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र इभी हुने कम्पनीले दाबी गरेको छ । पहेँलो रंगको जिप इभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ । फ्रन्ट सटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ । साथै, एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ जसको अर्थ इलेक्ट्रिक भन्ने बुझिन्छ । पछाडिको भाग भने टेलपाइप विनाको चेरोकी वा रेनेगेड जस्तो देखिन्छ । जिपको इभिलाई सिइओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलो पटक ‘अनभिल’ गरेका हुन् । उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली विक्रीको सतप्रतिशत इभी हुने लक्ष्य लिएको बताए । त्यसैले जिपका सिइओ क्रिस्टिन म्युनिरले सन् २०२५ सम्म जिपले हरेक सेग्मेन्टमा इभी ल्याउने  जानकारी दिएका छन् । यसले ग्राहकलाई जिरो इमिसन फ्रिडम दिलाउने जिप ब्रान्डको लक्ष्यलाई हासिल गर्न मद्दत पुग्ने उनले बताए ।
जिपले सन् २०३० को अन्तसम्ममा आफ्नो लाइनअपमा ७५ ओटा बीईभी लन्च गरिसक्ने र विश्वभर वार्षिक ५० लाख इभि विक्री गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ । यसअघि स्टेलेन्टिससले आफ्नो युएस लाइनअपमा ¥यांग्लर र ग्रान्ड चेरोकीको फोर बाई ई प्लग इन हाइब्रिड भेरियन्ट थपिसकेको छ ।

आन्य समाचारहरु:-
June 2, 2024
फुटकाे संघारमा लघुवित्त पीडित संघर्ष समिति : तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु

रत्ननगर । वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ । केन्द्रीय समितिका अध्यक्ष मणिराम ज्ञवालीले एकलौटी र स्वेच्छाचारी ढंगले […]

May 4, 2024
शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४ मे ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ […]

May 3, 2024
शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन् २०२४ मे ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ […]

April 5, 2024
शुक्रबारको विदेशी मुद्राको विनिमय दर

आज २०८० साल चैत २३ गते शुक्रबार सन् २०२४ अप्रिल ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram