सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
सोनाम ल्होसार २८५९ शुरु

काठमाडौं,माघ ८(
सोनाम ल्होसार २८५९ शुरु भएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। तामाङलगायत हिमाली समुदाय ह्योल्मो आदिले मान्ने ल्होछार चान्द्रमानको पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा शुरु हुन्छ।
प्रत्येक वर्ष एकरएक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई विदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ। सोनाम ल्होछार उत्सव माघशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरेर तामाङहरूको घरघरमा कम्तीमा ५ दिन भव्य रूपमा मनाउँदै आएका छन्।
ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामुहिक भोज तथा साँस्कृतिक कार्यक्रम गरेर मनाउँदछन्।
ल्होछारको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा विषेश कार्यक्रम हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे कार्यक्रमको उद्घाटन गर्नेछन्। त्यसअघि सांस्कृतिक भेषभुषासहितको र्याली निकालिने ल्होछार मूल समारोह समितीका संयोजक कुमारसिं घिसिङले जानकारी दिए।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]