कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
हात्तीले भत्कायो माडीमा पाँच घर

माडी । माडी नपा–९, प्याउली गाउँमा जंगली हात्तीले बुधबार बेलुका करिब ९ बजेको समयमा पाँचवटा घर भत्काएको छ । माडीकै कुसुमखोला हुँदै प्याउली गाउँमा छिरेको जंगली हात्तीले स्थानीय बासिन्दाहरु श्यामबहादुर तामाङ, दिलबहादुर थिङ, जगत प्रजा, सोम भुजेल र धनप्रसाद तामाङको घर भत्काएको हो ।
मानवीय क्षति नभए पनि हात्तीले घरभित्रको अन्नपात, लत्ताकपडा नोक्सान पारिदिएको वडा अध्यक्ष घनश्याम दवाडीले जानकारी दिए । पछिल्लो समय जंगली हात्तीको आतङ्कबाट स्थानीयवासीहरुले सन्त्रास भोग्दै आएको उनले बताए ।
यही पुस गते हात्तीले प्याउलीमा तीन घर भत्काउनुका साथै घरमा भएको अन्न नष्ट गरेको थियो । प्याउलीका सावित्री सापकोटा, किरण सापकोटा र कुमार तामाङको घर राति २ बजेको समयमा भत्काएको वडा अध्यक्ष दवाडीले बताए ।
करिब दुई वर्षअघि पनि हात्तीले आक्रमण गर्दा माडीको सोही गाउँमा एक जनाको ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए । उनीहरुमध्ये एक जना घाइते अझै उपचाररत नै छन् ।
अहिले सो क्षेत्रमा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । बिहानको समयमा भने हात्ती जंगल पसेको र कुनै पनि बेला हात्ती आउन सक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।
दैनिकजसो हात्ती आतङ्क फैलिरहेको भन्दै स्थानीयवासीले हात्ती नियन्त्रण गर्न चितवन निकुञ्जसँग माग गर्दै आएका छन् । निकुञ्जमा रहेको ध्रुवे नामको हात्तीले आतङ्क मच्चाइरहेका बेला अन्य हात्तीले पनि पटकपटक बस्तीमा पसेर घर भत्काउँदै आएका छन् ।
माडी नपा–९ मा बाँदरझुला, कुसुमखोला र प्याउली पर्छन् । जहाँ मकवानपुर, तनहुँ, पर्सा, लमजुङ, चितवनबाट आएर बसोवास गर्ने सुकुमबासीहरु छन् । यहाँ कात्तिक ०४७ बाट सुकुमबासी आउने क्रम बढेको हो । यहाँ ७६० घरधुरी छन् र छ हजार ५०० जनसंख्या छ । जंगलको बीचमा रहेको यो बस्तीको भारतसँग सीमा जोडिएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]