कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुर नगर तामाङ समाजले ल्होछार मनाउने तयारी

भरतपुर । भरतपुर नगर तामाङ समाजले ल्होछार मनाउने तयारी थालेको छ । यही माघ ८ गते परेको सोनाम ल्होछारको तयारीबारे बिहीबार छेच्यु थर्पलिङ गुम्बामा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । विगतका वर्षजस्तै यसवर्ष पनि नजिकका स्थानीयको उपस्थितिमा बृहत् तरिकाले ल्होसार मनाउने तयारी भइरहेको समाजकी अध्यक्ष पासाङ लामा तामाङले जानकारी दिइन् ।
सोनाम ल्होछार तामाङ जातिको महान् पर्वमात्र नभई नयाँ वर्ष पनि हो । यसवर्ष तामाङ समुदायले ताल्हो ९बाघ वर्ग०लाई बिदाइ गर्दै ह्यील्हो ९बिरालो वर्ग०लाई स्वागत गरेर ल्होछार मनाउन लागेको हो । तामाङ जातिको इतिहास र पहिचान जोगाउनका लागि पनि विशेष कार्यक्रम गरेर पर्व मनाउने क्रमलाई निरन्तरता दिँदै आएको अध्यक्ष तामाङले बताइन् ।
भरतपुर–११ स्थित छेच्यु थर्पलिङ गुम्बा परिसरमा हुने ल्होछार कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु मार्फत सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । सेलो गायक जेबी जिम्बा, प्रितम गोले, लोक तथा दोहोरी गायक राज लामालगायत स्थानीय कलाकारहरुबाट सांगीतिक प्रस्तुति रहने सहआयोजक संस्था दूधपोखरी बौद्ध तामाङ समाजका सचिव गोपीराज तामाङले जानकारी दिए ।
विभिन्न जिल्लाबाट बसाइसराई गरी आएका तामाङ समुदायलाई एकै ठाउँमा ल्याउन पनि ल्होछार पर्वले विशेष भूमिका खेल्ने उनले बताए ।
भरतपुर नगर तामाङ समाजलाई ल्होछार मनाउनका लागि यसपटक दूधपोखरी बौद्ध तामाङ समाज, पाख्रिन तामाङ समाज, जिम्बा तामाङ समाज, योञ्जन तामाङ समाज, गोले तामाङ समाज, दोङ तामाङ समाज, ल–लुङवा तामाङ समाजलगायत तामाङ जातिसँग सम्बन्धित विभिन्न समाज गुठीले सहआयोजकका रुपमा सघाएका छन् ।
तामाङ समुदायले आफ्नो जातिको महान् सांस्कृतिक पर्वका रुपमा समेत मनाउँदै आएको ल्होछार पर्व सफलतापूर्वक सम्पन्न गराउनका लागि करिब दुई लाख ५० हजार रूपैयाँ रकम खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि टोल तथा समाजबाटै रकम संकलन गरेर व्यवस्थापन गर्न लागेको आयोजक समितिले जनाएको छ ।
चितवनमा तामाङको जनसंख्या करिब एक लाखको हाराहारीमा रहेको दाबी गरिएको छ । त्यसमध्ये पनि भरतपुर नगर तामाङ समाजमा मात्रै करिब २५० घरधुरी आबद्ध रहेका समाजका निवर्तमान अध्यक्ष गंगालाल लामाले जानकारी दिए । ‘यसपटक तामाङ जातिका विभिन्न थरअनुसारका समाज, गुठीको समेत सहभागिता रहने हुँदा संख्या बढी नै देखिन्छ’, उनले भने, ‘त्यसमा पनि ल्होछार पर्व तामाङ, गुरूङको मात्र नभई सबै जातिको साझा पर्वजस्तै भइसकेको छ ।’
सोही दिन भरतपुर–११, लामाटोलस्थित विश्व पञ्चशील शान्ति बुद्ध गुम्बा समितिले पनि ल्होछार पर्व मनाउने तयारी गरेको छ । समितिले पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर ल्होछार पर्व धुमधामका साथ मनाउने तयारी गरेको हो ।
समितिकी अध्यक्ष शिवकुमारी लामाका अनुसार लामाटोलस्थित गुम्बा परिसरमै हुने कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरु प्रतीक मोक्तान, हावा लामा, सीया तामाङ, सोयल लामा, दिपेश वस्ती, एके खत्रीलगायतले सांगीतिक प्रस्तुति दिनेछन् ।
उक्त गुम्बालाई ल्होछार पर्व आयोजना गर्नका लागि स्थानीय युनिक युथ क्लब र लोज्याङ गुठीले सहआयोजकको रुपमा सघाएको छ । त्यसबाहेक पनि तामाङ जातिको बसोवास रहेका स्थानहरुमा धुमधामका साथ ल्होछार पर्व मनाउने चलन छ ।
नगर समाज, विभिन्न टोल तथा गुम्बा समितिले आफ्नो समुदायको महान् पर्व मनाउने तयारी गरिरहँदा तामाङ जातिकै सबैभन्दा ठूलो माउ संस्थाको रुपमा रहेको तामाङ घेदुङ भने वर्षौंदेखि गुमनाम छ । चन्द्र पात्रोअनुसार तामाङ समुदायले यसपटक २८५९औँ ल्होछार पर्व मनाउन लागेको हो ।
भरतपुर–५ मा रहेको उग्र्यान न्होर्बु छ्योलिङ गुम्बाले भने माघ ३ गतेदेखि नै विभिन्न कार्यक्रम गरेर धुमधामका साथ सोनाम ल्होछार मनाइरहेको छ । ८ गते भने विशेष कार्यक्रमस्वरुप ¥यालीसमेत आयोजना गर्ने तयारी भइरहेको गुम्बाले जनाएको छ । गुम्बाबाट टाइगर चोक, नारायणपुर चोक, समीर किराना सप हुँदै पुनः गुम्बामा आइपुग्ने गरी ¥यालीको तयारी गरेको हो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]