Listen Live: 

रत्ननगर नगरपालिका योजना शाखाको आयोजनामा भू(उपयोग नक्साङ्कन तथा भू(उपयोग वर्गीकरण कार्यविधि–२०७९ सम्बन्धी सर्वदलीय अन्तर्क्रिया सम्पन्न

Radio Chitwan
शुक्रबार, माघ ६, २०७९

रत्ननगर । रत्ननगर नगरपालिका योजना शाखाको आयोजनामा भू(उपयोग नक्साङ्कन तथा भू(उपयोग वर्गीकरण कार्यविधि–२०७९ सम्बन्धी सर्वदलीय अन्तर्क्रिया सम्पन्न भएको छ ।

राष्ट्रिय भूमि ऐन २०७६ र भू(उपयोग नियमावली २०७९ बमोजिम रत्ननगर नगरपालिकाले तयार पारेको भू(उपयोग नक्साङ्कन तथा भू(उपयोग वर्गीकरण कार्यविधि कार्यान्वयनका लागि सर्वदलीय छलफल गरिएको हो । रत्ननगर नगरपालिकाले कृषि, आवास, व्यवसाय, औद्योगिक, खानी, सिमसार र वन क्षेत्रलगायत १० क्षेत्रमा भूमिको वर्गीकरण गरेको छ । रत्ननगर नगरपालिकाका १६वटै वडामा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ ।

भू(उपयोग वर्गीकरण कार्यविधिमा समावेश भएका विषयमा नेपाली कांग्रेस पार्टीको तर्फबाट नगरसचिव अनिता अर्यालले जग्गा खण्डीकरणलाई निरुत्साहित गरी खाद्य सुरक्षाका लागि कृषिलाई प्राथमिकतामा राखेर रत्ननगरले कार्यविधि बनाएकोमा स्वागत गर्दै जग्गा बिक्री गर्दा दुई कट्ठा क्षेत्रफलको मापदण्ड तोकिनु वैज्ञानिक नभएको बताइन् । घरायसी प्रयोजनले जग्गा बिक्री गर्दा लाग्ने करबाट जनता आहत हुन नहुने र नगरवासीको घरबास नै उठ्ने गरी सडकको मापदण्ड तोकिनु मनासिब नभएको सुझाव दिइन् ।

यस्तै, नेकपा ९एमाले० का नगरअध्यक्ष ईश्वरीप्रसाद अर्यालले नगरको विकाससँगै विनास पनि जोडिएर आउने भएकाले सचेत भएर नगरपालिका अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘कतिपय जग्गाहरु प्लटिङका कारण डुबानमा परेका छन्, सडक विस्तारका कारण कैयौ मानिस विस्थापित हुनुपर्ने अवस्था छ, यसतर्फ नगरपालिकाले वडातहमा व्यापक छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

नेकपा ९माओवादी केन्द्र०का नगरअध्यक्ष श्यामप्रसाद बरालले घरायसी साँधसिमानाका नमिलेका जग्गा र एउटा घडेरी बिक्री गर्दा सिफारिस शुल्क ५ हजार लिने निर्णय सच्याउनुपर्ने बताए । पैतृक सम्पत्तिको हकमा दुईवटासम्म घडेरी बेच्न सक्ने व्यवस्था बनाउन पनि उनले सुझाव दिए । नगरपालिकाको कार्यविधिमा १६ मिटर सडक भनिएको ठाउँमा धमाधम नौ मिटर सडक ढलान भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै नगरपालिकाले सहभागितामूलक निर्णय गराएर कार्यविधि पास गर्न सुझाव दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नगरअध्यक्ष रामनाथ भट्टराईले नगरपालिकाले सडकको मापदण्ड बनाउँदा र जग्गाको वर्गीकरणको विषयमा जनसहभागितामा सर्वपक्षीय छलफल गरेर अगाडि बढाउन सुझाव दिए । सडक र जग्गाको विषय सँगसँगै जोडिएर आउने विषय भएकाले व्यापक छलफल गरेर ठोस निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारीले पूर्व–पश्चिम राजमार्ग ५० मिटरको बनाइँदै गर्दा निकुञ्जमार्ग ९सौराहाचोकदेखि चित्रसारी हुँदै सौराहा ड्यामसम्म० ३० मिटरको मापदण्ड बनाइनु हजारौँ नगरवासीको भावनाविपरीत रहेको बताए । उनले भने, ‘निकुञ्जमार्ग ३० मिटर बनाइनु दीर्घकालीन मह¤व र पर्यटकीय दृष्टिले उपयुक्त भए पनि हजारौँ नगरवासीलाई सुकुमबासी बनाउने नगरको कस्तो नीति हो रु’ निपनीदेखि खोससोरसम्मको पर्यटनमार्ग १६ मिटर कायम हुँदा निकुञ्जमार्गलाई ३० मिटरको मापदण्ड बनाइनु अन्याय हुने उनको भनाइ थियो ।

नेकपा ९एकीकृत समाजवादी०का नगरसचिव ईश्वरीराज अधिकारीले भूउपयोग वर्गीकरण कार्यविधिमा सडकमा एकरुपता नहुँदा नगरवासी विस्थापित हुनुपर्ने अवस्था देखिएकाले सडकको मापदण्डसँगै जग्गाको वर्गीकरण एकैसाथ हुनुपर्नेमा जोड दिए । भूउपयोग वर्गीकरणको विषयले वडाध्यक्षलगायत जनप्रतिनिधि नै समस्यामा पर्ने अवस्था देखिएकाले नगरवासीलाई पीडा नहुनेगरी कार्यविधि बनाउन सुझाव दिए ।

रत्ननगर नगरपालिकाका योजना प्रमुख ई।प्रकाशचन्द्र ढुङ्गानाले नगरपालिकाभित्रका कतिपय सडक २०५९ नेपाल सरकारको राजपत्रमा समावेश भइसकेकोले नगरपालिकाले आफूखुसी निर्णय नगरिएको प्रष्ट पारे । राजपत्रमा उल्लेख भएको सडकको विषयलाई संघीय सांसद्मार्फत मन्त्रिपरिषद्मा पु¥याउन नगरपालिकाले पनि सहयोग गर्ने उनले बताए । सरकारको १० वटा क्षेत्रको कार्यविधिअनुरुप नै भू(पयोग वर्गीकरण गरिएकाले सोहीअनुसार बुझिदिन आग्रह गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र १६ वटै वडाका वडाध्यक्षहरको सहभागिता रहेको अन्तक्र्रियामा उठेका सवालबारे रत्ननगर नगरपालिका जग्गा भूव्यवस्थापन समितिका सदस्यसचिव एवं नगर उपप्रमुख यादवप्रसाद पाठकले नगरपालिकाले बनाउने योजना दीर्घकालीन र सराकारको दिगो विकास लक्ष्यसँग जोडिने भएकाले समयसँगै विकासको गति बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

सडक विस्तारको लागि नगर यातायात गुरूयोजना २०७५ सालमै पास भइसकेकोले परिमार्जन गर्नुपर्ने सडकका विषयमा छलफल गरेर अगाडि बढाइने उनको भनाइ थियो । उनले सडकबाटोलाई जग्गाको वर्गीकरणसँग नजोडिदिन आग्रह गरे । ‘हामी नगरवासी विस्थापित हुनेगरी काम गर्दैनौँ । दुई मिटर मापदण्ड छाडेर घर बनाउन भनेका छौँ’, उनले भने, ‘नगरपालिकाले हाल कायम रहेको पिच सडकबाट दुई मिटरसम्मका कम्पाण्ड भने जुनसुकै बेला डोजर लगाएर भत्काउन सक्छ ।’

अन्तर्क्रिया कार्यक्रम नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा भएको थियो । नगरप्रमुख सापकोटाले नगरवासीलाई न्याय हुनेगरी नगरपालिकाको प्राविधिकहरुको सहयोगमा जग्गाको वर्गीकरण गरिएकाले उद्योग, सिमसार, खानी र वनबाहेकका जग्गा आवश्यकताअनुसार परिवर्तन पनि गर्न सकिने उल्लेख गरे ।

आन्य समाचारहरु:-
July 17, 2024
रत्ननगर ६ मा रहेकाे बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।  रत्ननगर नगरपालिका भित्रका […]

July 15, 2024
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, […]

July 14, 2024
राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी […]

July 13, 2024
रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram