रत्ननगर । वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ । केन्द्रीय समितिका अध्यक्ष मणिराम ज्ञवालीले एकलौटी र स्वेच्छाचारी ढंगले […]
ईलेक्ट्रीक गाडी ‘भिडा’ बजारमा आउदै
हिरो मोटोकर्पले विद्युतीय सवारी साधन भिडा अनावरण गरेको छ । दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित कार्यक्रममा हिरोद्वारा पावर्ड भिडालाई प्रस्तुत गरिएको हो । हिरोद्वारा पावर्ड भिडाको नयाँ ब्रान्डको लोगो र ‘सनराइज’ भिजुअल पहिचान अनावरण गर्र्दै डा. पवन मुञ्जालले भने, ‘भिडाको अर्थ जीवन हो, र ब्राण्डको एकमात्र उद्देश्य संसारमा सकारात्मक प्रभाव पार्नु र हामी सबैलाई अर्थपूर्ण दिशामा अगाडि बढाउनु हो । हामीलाई विश्वास छ कि हामीले हाम्रा सन्तती र अगामी पुस्ताको लागि जे निर्माण गरिरहेका छौं । साथै, त्यसका लागि यो नाम ज्यादै उपयुक्त छ । यो विशेष कुराको सुरुवात हो । संसारलाई अझ राम्रो स्थान बनाउनको लागि आजबाट मात्र १७ हप्तामा हामी हाम्रो भिडा प्लेटफर्म, उत्पादन र सेवाहरू अनावरण गर्नेछौं । त्यस्तै, यसको उत्पादन भारतको चित्तुरमा रहेको हिरो मोटोकर्पको ‘ग्रीन’ उत्पादन केन्द्रमा हुन्छ । सन् २०२२ को अन्तिम तिर ग्राहकहरूलाई बेच्न वा प्रदान गने कम्पनीले जनाएको छ । हिरो मोटोकर्पका अध्यक्ष र सीईओ डा. पवन मुञ्जालले १०० मिलियन अमेरिकी डलरको ‘ग्लोबल सस्टेनेबिलिटी फण्ड’को घोषणा गरेका छन् । कोषले हिरो मोटोकर्पको नेतृत्वमा पृथ्वीमा सकारात्मक प्रभाव उद्देश्यले विश्वव्यापी साझेदारी स्थापना गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४ मे ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ […]
काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन् २०२४ मे ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ […]
आज २०८० साल चैत २३ गते शुक्रबार सन् २०२४ अप्रिल ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ […]