कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरका १६ वटै वडामा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा

चितवन, पुस ६–
रत्ननगर नगरपालिका योजना शाखाको आयोजनामा भू–उपयोग नक्साङ्कन तथा भूउपयोग वर्गीकरण कार्यविधि–२०७९ सम्बन्धी सर्वदलीय अन्तक्र्रिया सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिकाले तयार पारेको भूउपयोग नक्साङ्कन तथा भूउपयोग वर्गीकरण कार्यविधि कार्यान्वयनका लागि सर्वदलीय छलफल गरिएको हो । रत्ननगर नगरपालिकाका १६वटै वडामा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ ।
अन्तक्र्रियामा नेपाली कांग्रेस नगरसमिति सचिव अनिता अर्याल, नेकपा ९एमाले० का नगरअध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेकपा ९माओवादी केन्द्र०का नगरअध्यक्ष श्यामप्रसाद बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगरअध्यक्ष रामनाथ भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारी, नेकपा ९एकीकृत समाजवादी०का नगरसचिव आइआर अधिकारीलगायतले नगरभित्र रहेका सडकको मापदण्ड र जग्गा बिक्री गर्दा लिइने करका सम्बन्धमा सुझाव दिएका थिए ।
राजनीतिक दलहरुका प्रतिनिधिले दिएका सुझावबारे रत्ननगर नगरपालिकाका योजना प्रमुख ई।प्रकाशचन्द्र ढुङ्गाना र रत्ननगर नगरपालिका जग्गा भूव्यवस्थापन समितिका सदस्यसचिव एवं नगर उपप्रमुख यादवप्रसाद पाठकले जवाफ दिएका थिए । अन्तक्र्रिया कार्यक्रम नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

