Listen Live: 

महत्त्वाकांक्षी परियोजनाका रुपमा तीन वर्षअघि चितवनको भरतपुरमा निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र

Radio Chitwan
शुक्रबार, माघ ६, २०७९

चितवन, माघ ६–

महत्त्वाकांक्षी परियोजनाका रुपमा तीन वर्षअघि चितवनको भरतपुरमा निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अहिले अलपत्र छ । आर्थिक संकटले काम रोकिएपछि रंगशाला निर्माणको काम रोकिएको हो ।

बनिसकेको केही संरचना पनि अहिले झाडीमा परिणत भएको छ । रंगशाला बनाउँदा लागेको १८ करोड ऋण कसरी चुक्ता गर्ने भन्ने विषय टुंगोमा नपुग्दा काम अघि बढ्न नसकेको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने स्रोत जुटाउन कुनै जटिलता नभएको दाबी गर्छिन् । ‘हामिलाई ठूलो चुनौती भनेको ऋण तिर्ने व्यवस्था कसरी गर्ने भन्ने हो । यो कुराको पार नै लागेको छैन’, उनी भन्छिन्, ‘अहिले पनि हामि त्यहि ऋण व्यवस्थापन कसरी गर्ने भनेर खोजिमा लागेका छौँ ।’ रंगशाला निर्माण कार्य र ऋण तिर्ने कुरालाई संगसंगै अघि बढाउन आफुले प्रस्ताव गरेको उनी बताउँछिन् ।

धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २०७५ माघ १६ गते भरतपुर १५ मा अन्तर्राष्ट्रिय मापदण्डको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार फाउन्डेसनले जनसहयोगबाटै रकम जुटाउने भन्दै चन्दासमेत उठाएको थियो ।

रंगशाला निर्माणको काम थाल्दा अलग्गै उत्साह देखिएको थियो र काम पनि धमाधम अघि बढ्यो । सुरुमा सहयोगी दाताहरुको चहलपहल बाक्लै देखियो । तर, हरेक दिन कामदारले भरिने रंगशाला निर्माणस्थल अहिले भने सुनसान छ ।

आर्थिक संकट चुलिएपछि निर्माणको काम रोकिएको दुई वर्ष पुग्न लागिसक्यो । १८ करोड ऋण लागेको भन्दै फाउन्डेसनले काम अघि बढाउन सकेन । सोही ऋणका कारण भरतपुर महानगरले पनि प्रक्रिया अघि बढाउन सकेको छैन ।

रंगशालाको निर्माण कार्य रोकिनुअघि करिब तीन हजार क्षमताको प्याराफिटसमेत निर्माण भइसकेको छ । अन्य प्याराफिट निर्माणका लागि बनाइएका ठूला ठूला पिलरहरु अहिले अलपत्र छन् । फलाममा खिया लागेर कामै नलाग्ने अवस्था पुग्न लागेका छन् ।

घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ । निर्माण सामग्रीहरु अलपत्र छन् । यस्तै अवस्था रहे आगामी दिनमा निर्माण प्रक्रियालाई अगाडि बढाउनसमेत चुनौती देखिन्छ ।

रंगशाला निर्माणको क्रममा स्थानीयस्तरमा निकै चहल–पहल बढेको थियो । खेलप्रेमीहरुमा मात्र होइन, समग्र चितवन र देशवासीमै उत्साहको सञ्चार थियो । अहिले रंगशाला यो अवस्थामा पुग्दा स्थानीय दुःखी छन् ।

फाउन्डेसनले देखाएको १८ करोड ऋण चुक्ता गर्न अहिले मुख्य समस्या देखिएको हो । यसअघिको सरकारले रंगशालाका लागि २२ करोड रुपैयाँ रकम विनियोजन गरिसकेको छ । त्यसलाई कार्यान्वयनमा समेत लैजान सकिएको छैन ।

कुल तीन अर्ब खर्च हुने अनुमान गरिएको रंगशाला निर्माणमा हालसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको धुर्मुस९सुन्तली फाउन्डेसनको दाबी छ । तर, अहिलेसम्म भौतिक पूर्वाधारको ३५ प्रतिशत काम मात्रै सकिएको छ ।

आन्य समाचारहरु:-
October 4, 2024
रत्ननगरमा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा सुरु 

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]

September 30, 2024
कालिका मा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]

September 29, 2024
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]

September 28, 2024
पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram