कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागु

चितवन, माघ ६–
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागु भएको छ । एक हप्ता अगाडिबाट लागु भएको यस कार्यक्रममा बागमती प्रदेशका नागरिकले स्वास्थ्य सम्बन्धि विभिन्न १७ किसिमका सेवा पाउँछन् । सेवा लिनका लागि बागमती प्रदेशभित्र स्थायी बसोबास गरि नागरिकता भएको र ३० वर्ष उमेर नाघेको अनिवार्य हुनुपर्ने छ ।
कार्यक्रम अन्तर्गत प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निःशुल्क स्वास्थ्य परीक्षण हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन ज्ञवालीले जानकारी दिए । दिउँसो २ बजेदेखि ३ बजेसम्मको अवधिमा चिकित्सकलाई रिपोर्ट देखाउन सकिने उनले बताए । विरामीको चाप हेरेर स्वास्थ्य परीक्षण गर्ने समय थप गर्ने अस्पतालको योजना छ ।
पैसाको अभावमा स्वास्थ्योपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले बागमती प्रदेश सरकारले उक्त कार्यक्रम ल्याएको हो ।
कार्यक्रम सञ्चालन गर्न अस्पताललाई ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । नसर्ने रोग तथा जोखिम पहिचान गरी उचित परामर्शसहित उपचारमार्फत जटिल हुन नदिन तथा यस रोगलाई न्यूनीकरणतर्फ लैजान मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको हो ।
यस कार्यक्रम अन्तर्गत विरामीको नसर्ने रोग सम्बन्धि सम्पूर्ण शरिर जाँच, दम खोकीको लागि क्याट टेस्ट, तौला र पेटको मोटाई, उच्च रक्तचाप, पिसाबको जाँच, दिसामा सुक्ष्म रगतको जाँच, रगत परीक्षण, रगतमा चिनीको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, लिपिड प्रोफाइल, फोक्सोको जाँच, युएसजी, भिआईए जाँच ९महिलाको लागि० र परामर्श सेवा दिइने अस्पतालले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]