रत्ननगर । वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ । केन्द्रीय समितिका अध्यक्ष मणिराम ज्ञवालीले एकलौटी र स्वेच्छाचारी ढंगले […]
डिशहोमले ‘रगतका कथाहरू’ सिरिज बनाउने
डिशहोमले ‘रगतका कथाहरू’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरू हुने र प्रत्येक श्रृंखलामा फरक फरक कथावस्तु समेटिने डिशहोमले जनाएको छ । यो सिरिज देशका विभिन्न ठाउँमा छायाङ्कन हुने बताइएको छ । डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको श्रृंखलाको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र लेखक÷निर्देशक किरण विकले हस्ताक्षर गरेका छन् । ‘हामी अलि फरक कथाहरू टिभीका दर्शकलाई दिन चाहन्थ्यौं । हामीले खोजेजस्तै फरक खालको कन्टेन्ट बन्ने भएपछि डिशहोम दृश्यालय सिनेमासँग सहकार्य गर्न तयार भएको हो,’ आचार्यले भने । लेखक÷निर्देशक विकले ‘समाजमा नभनिएका, लुकाइएका र भन्न अफ्ठ्यारा लाग्ने प्रेम, यौन र सम्बन्धका वास्तविक कथाहरू देखाउने दाबी गरे । नेपाली टिभीका दर्शकहरूलाई यो श्रृंखलाले केही भिन्न स्वाद दिने विश्वास लिएको उनले बताए । सिरिजमा युविना भट्टराई, सहारा कोइराला, राजकुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन र अस्मिता खनाल लगायतको अभिनय रहनेछ ।
काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४ मे ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ […]
काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन् २०२४ मे ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ […]
आज २०८० साल चैत २३ गते शुक्रबार सन् २०२४ अप्रिल ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ […]