काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
सत्ता गठबन्धनबाट उपसभामुखको उम्मेदवार रास्वपाकी सोविता गौतम

काठमाडौं,माघ ५(
सभामुखमा देवराज घिमिरे निर्वाचित भएसँगै संसद सचिवालयले उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। माघ ७ गते शनिबार दिउँसो १ बजे संसदमा मतदान हुने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कार्यतालिका सार्वजनिक गरेका हुन्।
उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ। दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ। सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ। एमालेका तर्फबाट घिमिरे सभामुख चयन भएपछि स्वतन्त्र पार्टीले उपसभामुख पाएको सत्ता गठबन्धनका एक शीर्ष नेताले देश जानकारी दिए।
स्वतन्त्र पार्टीले सोबिता गौतमलाई उम्मेदवार बनाउने भएको छ। काठमाडौँ २ बाट निर्वाचित भएकी २७ वर्षीय सांसद गौतमलाई स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार बनाउने करिब निश्चित गरेको छ। बिहीबार भएको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १६७ मत पाएकाले उनको पक्षमा पनि उक्त मत कायम रहने देखिन्छ। उनी पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्। संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ।
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]