Listen Live: 

सामुदायिक वनभित्र कङ्क्रिटका संरचना

Radio Chitwan
बिहिबार, माघ ५, २०७९

भरतपुर । चितवनका कतिपय सामुदायिक वनहरु आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बन्न थालेका छन्, तर ती सामुदायिक वनहरुले बनाएको पार्क र पिकनिक स्पटहरुमा पर्याप्त मात्रामा कङ्क्रिटका संरचनाहरु देखिन्छन् ।

यहाँका बरण्डाभारअन्तर्गत रहेका सामुदायिक वनहरुले खेर गएका जमिन, अग्ला डाँडाहरुमा पार्क, पिकनिक स्पट, सेल्फी जोन, वन्यजन्तु उपचार केन्द्र ९चिडियाघर० निर्माण गरेका छन्, तर, त्यसका संरचनाहरु प्रकृतिमैत्री हुन सकेका छैनन् । चितवन जिल्ला वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार वनभित्र बनाइएका संरचनाहरु प्रकृतिमैत्री हुन सकेका छैनन् ।

सूचना अधिकारी खनालले भने, ‘पर्यापर्यटनको विकासमा सामुदायिक वनहरु लागेका छन्, तर उनीहरुले बनाइएका संरचनाहरु अझै प्रकृतिमैत्री हुन सकेका छैनन् । वनमा बनाइएको पार्कदेखि पिकनिक स्पटसम्म, बस्ने चियरदेखि सेल्फी जोनसम्म सबै संरचना प्रकृतिमैत्री हुनुपर्छ, त्यो अझै हुन सकेको छैन ।’ उनले कतिपय सामुदायिक वनले बस्ने ठाउँ कङ्क्रिटको बनाएको बताए ।

उनले भने, ‘गेट पनि फलामको नबनाएर कलात्मक काठको बनाइनुपर्छ, पिकनिक स्पटका लागि बनाइएका घरहरुमा खरको छानो हुनुपर्छ, साना घरहरु खडाइ र काठको हुनुपर्छ, तर त्यो सामुदायिक वनहरुले कार्यान्वयनमा ल्याएका छैनन् ।’

भनिन्छ, हिउँदको घाम पिकनिकको याम हो । यही हिउँदको घामलाई सदुपयोग गर्दै चितवनका सामुदायिक वनहरुमा रहेका पार्क हेर्न र पिकनिकमा रमाउन आन्तरिक पर्यटकहरु पुगेका छन् । खेर गइरहेका वनका खोला, तालतलैया, अग्ला डाँडा तथा नदीका किनारहरु यतिबेला ‘पिकनिक स्पट’मा परिणत भएका छन् । वनहरुले पार्कसँगसँगै पिकनिक स्पटहरु बनाइरहेका छन् ।

सूचना अधिकारी खनालका अनुसार दुई वर्षसम्म कोरोना कहरका कारण यहाँका सामुदायिक वनहरुले आन्तरिक पर्यटक तान्न सकेका थिएनन्, यसवर्ष पार्क र पिकनिक स्पटमा आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन्, वनहरुले बनाउने संरचनाहरु प्रकृतिमैत्री हुन जरूरी छ । उनका अनुसार पर्यापर्याटन प्रवद्र्धन कार्यविधि, २०७५ अनुसार सामुदायिक वनले पर्यटकीय गतिविधि बढाएर आम्दानी गरिरहेका छन् ।

चितवनका ज्ञानेश्वर सामुदायिक वन, कंकाली सामुदायिक वन, जलदेवी सामुदायिक वन, नवजागृति सामुदायिक वन, पञ्चकन्या सामुदायिक वन, सतनचुली, रामवेल, चतुर्मुखी, भीमवली, लटौली, बटौली र बाघमारालगायत बरण्डाभारका १७ सामुदायिक वनले पर्यापर्यटनको गतिविधि बढाइरहेको वन कार्यालय चितवनले जनाएको छ ।

ज्ञानेश्वर सामुदायिक वनका पर्यापर्यटन समितिका संयोजक सुरवीर पोखरेलले वनका संरचनाहरु प्रकृतिमैत्री नै बनाइएको दाबी गरे । ज्ञानेश्वर सामुदायिकले वनले पर्यापर्यटनबाट मात्र वार्षिक २५ लाखसम्म आम्दानी गरेको उनले बताए । उनले भने, ‘आम्दानीले थप पार्क बनाइरहेका छौँ ।’

यस्तै, जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले सकेसम्म संरचनाहरु प्रकृतिमैत्री बनाउन खोजेको बताए । उनले भने, ‘कतिपय संरचना प्रकृतिमैत्री बनाउन खोज्दाखोज्दै पनि सामग्रीको अभाव भइरहेको छ ।’ उनले पिकनिक स्पट, जिपलाइनबाट राम्रो आम्दानी भएको उनी बताउँछन् । उनी भन्छन्, ‘हप्तामा ५० हजार मानिस वनको पर्यटकीय क्षेत्रभित्र छिर्छन्, एक करोडको लगानीमा अर्को पार्क बनाउँदैछौँ ।’

पञ्चकन्या सामुदायिक वनका सदस्य धर्मराज अधिकारीले पिकनिक स्पटबाट वनको आम्दानी बढेको बताए । उनले भने, ‘आम्दानीले अहिले वनमा थप पर्यापर्यटनको गतिविधि बढाएका छौँ । दुई वर्ष कोरोनाले चहलपहल भएन, यो वर्षबाट पर्यटकीय गतिविधि बढेको हो ।’ उनका अनुसार शुक्रबार र शनिबार पिकनिक स्पट भरिभराउ हुन्छ ।

यस्तै, नवजागृति सामुदायिक वनका सहसचिव धु्रव पण्डितले सकेसम्म पार्कका संरचनाहरु प्रकृतिमैत्री बनाइएको बताए । उनले भने, ‘केही संरचनाहरु कङ्क्रिटका छन्, यसलाई पनि न्यूनीकरण गर्दै लगेर प्रकृतिमैत्री बनाउने कुरा छ ।’ काठका कलात्मक संरचनाहरु बनाउँदा चोरिने डर हुने उनी बताउँछन् । उनका अनुसार नवजागृतिले अहिले इको पार्क बनाइरहेको छ । पिकनिक स्पट यतिबेला भरिभराउ हुँदै आएको छ । चितवनमा ८९ वटा सामुदायिक वन रहेका छन् । दुई दर्जनभन्दा बढी सामुदायिक वनहरुले पर्यटकीय गतिविधि गरेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram