Listen Live: 

खिचरा महोत्सवको समापन समारोहमा चितवनका दुई पत्रकारलाई नगदसहित सम्मान

Radio Chitwan
बुधबार, माघ ४, २०७९

आठौँ खिचरा महोत्सवको समापन समारोहमा चितवनका दुई पत्रकारलाई नगदसहित सम्मान गरिएको छ। थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको महोत्सवको बुधबार भएको समापन समारोहमा पत्रकारद्वय सन्तकुमार चौधरी र तुलमान गुरूङलाई जनही दश हजारका दरले नगदसहित सम्मान गरिएको हो। महोत्सव अवधिभर मात्र नभई हरेक समयमा पत्रकारिता क्षेत्रमार्फत आवाजविहीनहरूको आवाजलाई बुलन्द पार्न सफल भएको भन्दै सम्मान गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए। प्रमुख अतिथिका रूपमा रहेका खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाँको हातबाट सम्मान प्रदान गरिएको हो। करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका सन्तकुमार चौधरी नेपाल नेटवर्क टेलिभिजनका लागि चितवन संवाददाता हुन् भने करिब एक दशकदेखि पत्रकारितामा सक्रिय रहेका तुलमान गुरूङ चितवन पोष्ट दैनिकका संवाददाता हुन्। समग्र पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानसँगै आठौँ खिचरा महोत्सव सम्पन्न गराउनको लागि पनि विशेष भूमिका खेलेको आधारमा मूल्यांकन गरेर दुई पत्रकारलाई सम्मान गरिएको महोत्सव आयोजक संस्था थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का सभापति चुडामणि चौधरीले जानकारी दिए। खिचराकै कारण चितवनका थारू समुदायलाई विश्वसामु चिनाउन सफल भएको उनले दाबी गरे। महोत्सवको समापन गर्दै खैरहनी नगरपालिकाका मेयर खनियाँले खिचरा महोत्सवकै कारण खैरहनी नगरपालिकाको गरिमा उँचो भएको बताए।

‘खैरहनीलाई चिनाउनको लागि खिचराले विशेष भूमिका खेलेको छ,’ उनले भने, ‘त्यसैले खैरहनीका लागि खिचरा र खिचराको लागि खैरहनी पर्यायवाची शब्द जस्तै बनिसकेको छ। ‘महोत्सवले समग्र नेपाली मौलिक संस्कृतिको विकासमा योगदान पु¥याएको उनले बताए। गत पुस २८ गतेबाट सुरू भएको महोत्सव बुधबार सम्पन्न भएको हो। कृषि प्रदर्शनीसहित १५० स्टल रहेको महोत्सवमा थारू खानाका परिकारहरूलाई समेत प्राथमिकताका साथ प्रदर्शनमा राखिएको थियो। २५ जिल्लामा बसोबास गर्ने थारू समुदायमा प्रचलित भेषभूषालाई समेत महोत्सवमार्फत प्रवद्र्धन गराउन सफल भएको आयोजक संस्थाका सभापति चौधरीले जानकारी दिए। चितवनका थारू समुदायले खिचरा पर्वको अवसर पारेर हरेक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आइरहेको छ। महोत्सव अवधिभरमा विभिन्न खेलकुदका साथै खिचरा डान्स आइडल प्रतियोगिता भएको थियो। खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भएको महोत्सवका समाचार सम्प्रेषण समितिका संयोजक दीपेश चौधरीले जानकारी दिए।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram