राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
माघे संक्रान्ति मेलाको फोहोर व्यवस्थापन गर्न सरसफाइ

चितवन, माघ ४–
देवघाट क्षेत्रको सरसफाइ गरिएको छ ।
माघे संक्रान्ति मेलाको फोहोर व्यवस्थापन गर्न आज बिहान सरसफाइ गरिएको हो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली सेना, क्षेत्र विकास समितिका सदस्य तथा कर्मचारी भएर सरसफाइ गरिएको जानकारी दिए । उनको अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म देवघाटको खोला किनार, स्नान क्षेत्र, नदीको बगर, बाटो, प्रवेश गेट, पुल क्षेत्र, तनहुँको बेनी क्षेत्रमा सरसफाइ गरिएको छ ।
अधिकारीले भने, ‘ पवित्र धार्मिकस्थल देवघाट धाममा हरेक वर्ष माघे संक्रान्ति मेला लाग्ने गर्छ । मेला हेर्न तथा मेलामा सहभागी हुन हजारौँ भक्तजन भारतलगायत विभिन्न जिल्लाबाट देवघाट आउने गर्छन् । जसको कारण देवघाट क्षेत्र प्रदूषित हुने गर्छ र सो दिन भक्तजनहरुले गरेको फोहोरलाई आज हामीले व्यवस्थापन गरेका छौँ । हामीले उक्त फोहोरलाई कुहिने र नकुहिने गरी दुई प्रकारमा विभाजन गरेर संकलन गरेका हौँ । ’
त्यस्तै संकलन गरेर जम्मा पारिएको सबै फोहोर उठाउन भरतपुर महानगरपालिकाले ट्याक्टर पाठाएको थियो भने फोहोर व्यवस्थापनको जिम्मा पनि महानगरपालिकाले गरेको अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनको अनुसार २ गते सार्वजनिक बिदा तथा ३ गते नेपाल आर्मीको समय नमिलेर सरसफाइ आज गरिएको हो ।
संक्रान्तिको दिन धेरै मान्छे आउने भन्दै क्षेत्र विकास समितिले विभिन्न ठाउँमा डस्बिन राखेको थियो । तर, भक्तजनको उल्लेखनीय संख्या तथा डस्बिन कम भएकोले फोहोर व्यवस्थापनमा केही कठिनाइ भएको उनको भनाइ छ । उक्त दिन देवघाटमा पाँच लाख भन्दा धेरै भक्तजन आएका थिए । उनले भने, ‘मेलालाई व्यवस्थित बनाउन मेरोे संयोजकत्वमा माघे संक्रान्ति मेला व्यवस्थापन मूल समिति गठन गरिएको थियो र ट्राफिक व्यवस्थापनका लागि भने सवारी साधनलाई रामनगरबाट देवघाट प्रवेश गर्ने र वागेश्वरी हुँदै आँपटारी निस्कने व्यवस्था मिलाइएको थियो ।’
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]