कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४५ जनाको मृत्यु

चितवन, माघ ४–
चितवनमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीका अनुसार गत साउनदेखि अहिलेसम्म भएको १९३ दुर्घटनामा ४५ जनाको मृत्यु भएको हो । बढ्दो शहरीकरण र जनघनत्वसँगै सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या भयाबह बन्दै गएको छ ।
मृत्यु हुनेहरुमा ३६ पुरुष, ६ महिला, दुई बालक र एक बालिका रहेका छन् । १०७ गम्भीर घाइते र २४० सामान्य घाइते भएको प्रमुख अधिकारीले बताए । दुर्घटनामा २७७ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १५२ तीव्र गतिमा सवारी चलाउने रहेका छन् । यस्तै ट्रक र ट्याङ्कर ३५, जिप र कार ४२, माइक्रो ७, टेम्पो अटो रिक्सा ९, बस १५ , ट्याक्टर ४, साइकल ५३, ट्रिपर ४ र अन्य ८ दुर्घटना भएको कार्यालयले जनाएको छ । यस्तै यात्रुको गल्तीबाट ५, ओभर टेकबाट तीन वटा, सडकको अवस्थाका कारण ७, मापसेबाट ६ वटा दुर्घटना भए भने चालकको लापारवाहीको कारणबाट भएका दुर्घटना तीन रहेका छन् । यी दुर्घटनाहरुमा १९ हजार ११५ सवारीसाधनलाई कारबाही गरी एक करोड ६५ लाख १८ हजार राजश्व संकलन गरेको छ । अधिकारीका अनुसार दुर्घटनामा पर्नेमा १६ देखि २५वर्ष, २५ देखि ४० र ४० माथि उमेर समूहका रहेका छन् । पछिल्लो समय सडक साँघुरो हुँदै जानु र सवारीको चाप बढ्दै जानुले पनि दुर्घटना बढाएको अधिकारीले बताए । उनले भने, ‘तीव्र गतिमा सवारी चलाउने युवा पुस्ता बढी भएकाले तीव्र गतिमा दौडने मोटरसाइकल बढी दुर्घटना हुने गरेको छ । ’
गत आर्थिक वर्ष २०७८्०७९मा सवारी दुर्घटनामा परी १४० को मृत्यु भएको थियो । ८१० दुर्घटनामा १४० को मृत्यभएको हो । जसमा मृत्यु हुनेमा १०६ पुरुष, २२ महिला, १२ बालबालिका रहेका छन् । २६५ गम्भीर घाइते र ७०६ सामान्य घाइते भएको अधिकारीले बताए । यसमा ७३९ मापसे सेवन गरेर सवारी चलाउने, ७८ तीव्र गतिमा, सात हजार ३२९ कागजपत्र साथम नबोकेका, चार हजार ३२९ लाइसेन्स नभएका र एक हजार ४०० सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाउने सवारी रहेको उनले बताए । जसमा ४१० मोटरसाइकल, ११२ कार, ९७ बस, ११२ ट्रक, ट्याङ्कर र टिपर, १७ माइक्रो र २० ट्याम्पुलगायत सवारीसाधनबाट दुर्घटना भएको उनले बताए । गत आवमा ३३ हजार ७२८ सवारीसाधनलाई कारबाही गरी तीन करोड एक लाख ५४ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको थियो ।
उनले भने, ‘सवारीसाधनको गति सिमित पार्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनाको बारेमा विद्यालयहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने, सवारीको यान्त्रिक परीक्षण गर्ने, चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेटलगायत कार्यक्रम गर्दै आएका छौं ।’ तीव्र गतिमा सवारीसाधन गुडाउनेलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । उनले सवारीचालक अनुमतिपत्र नभएका चालकले सवारीसाधन गुडाउँदा समेत दुर्घटना बढ्ने बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]