Listen Live: 

वैदेशिक रोजगारका क्रममा पन्ध्र वर्ष दक्षिण कोरिया बसेर आएका चितवनका युवा उद्यमी बन्दै अन्य आठ जनालाई रोजगार दिन सफल

Radio Chitwan
बुधबार, माघ ४, २०७९

चितवन, माघ ४–

वैदेशिक रोजगारका क्रममा पन्ध्र वर्ष दक्षिण कोरिया बसेर आएका चितवनका युवा उद्यमी बन्दै अन्य आठ जनालाई रोजगार दिन सफल भएका छन् । भरतपुर–५ तोरी खेतका इभान गिरीले कोरियामा मासिक तीन लाख रुपैयाँ आम्दानी छोडेर नेपाल फर्किएर उद्यमी बनेका हुन् ।
उनले भरतपुर–५ को शान्ति चोकमा उरी मःम उद्योग सञ्चालन गरेर थप आठ जनालाई रोजगार प्रदान गरेका छन् ।

“हाम्रो उद्योगबाट स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गर्ने गरेका छौँ” गिरीले भने, “२० लाख रुपैयाँबाट सुरु गरेको उद्योगमा अहिले करिब एक करोड रुपैयाँ लगानी पु¥याएको छु ।” कोरिया हुँदा उद्योगमा काम गर्ने क्रममा खाद्य उद्योगमा काम गरेको उल्लेख गर्दै गिरीले नेपालमा नै केही गर्ने उद्देश्यले पाँच वर्ष अघि स्वेदश फर्किएको बताए ।

“लामो समय कोरिया बसेँ, त्यहीँको कार्ड बन्ने तयारी थियो” गिरीले भने, “परिवारबाट घर फर्किए हुन्थ्यो भन्ने इच्छा र मेरो पनि नेपालमै केही गरौँ भन्ने चाहनाका कारण आज यो सफलता हात परेको छ ।” उनी सन् २०१८ मा नेपाल फर्किएर उद्योग सञ्चालन गर्ने तयारी गरेको बताउँछन् । “म वैदेशिक रोजगारबाट फर्किएरपछि घर बनाउने तथा विवाह गर्ने काम गरेँ” गिरीले भने, “कारोनाका कारण नेपालमा लकडाउन भएको समयमा धेरै सोच विचार गर्ने समय मिल्यो र उरी मःम सञ्चालन गरेँ ।”

सुरुमा गिरी दम्पतीले मात्रै उद्योग सञ्चालन गरे पनि विस्तारै लगानी थप्दै जाँदा अन्य श्रमिक पनि थप्दै गएको गिरीले बताए । “एक वर्ष अघि हामी श्रीमान्श्रीमती भएर उद्योग सञ्चालन ग¥यौँ, सुरुमै उद्योग सञ्चालन हुन्छ कि हुँदैन भन्ने ठूलो सन्देह थियो” गिरीले भने, “बजारबाट राम्रो प्रतिक्रिया र माग बढ्न थालेपछि उद्योगमा लगानी बढाएसँगै कामदार पनि थप गर्दै लगेँ ।” कोरियन प्रविधिको प्रयोग गरेर अत्याधुनिक मेसिनबाट उत्पादन गरिएको मःम फ्रोजन गरेर प्याकिङपछि होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताए ।

गिरीले उद्योगबाट उत्पादन गरेको मःम तीन घण्टाभित्र फ्रोजन गरेर बजारमा पठाउने गरेको बताए । “मेसिनबाट मःम उत्पादन भएपछि फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । चाँडो फ्रोजन भएको मःम गुणस्तरीय हुन्छ” गिरीले भने, “हामीले चाँडो फ्रोजन हुने मेसिन राखेर मःम फ्रोजन गरेपछि बजारमा पठाउने गरेका छौँ ।” मःमको गुणस्तरबारे सचेत भएर उत्पादन गर्दै बिक्री वितरण गर्ने गरेको उल्लेख गर्दै गिरीले गुणस्तरीय उत्पादन भएकै कारण बजारमा माग बढी भएको बताए ।

दैनिक पाँच हजार पिलेट मःम उत्पादन गर्ने उद्योगको क्षमता रहेको उल्लेख गर्दै गिरीले अहिले दैनिक दुई हजार पिलेट मःम मात्रै उत्पादन गरिरहेको बताए । “अहिले हामीले उत्पादन गरेको मःमका लागि बजारीकरणमा खासै समस्या छैन” गिरीले भने, “चितवनमा मात्रै नभएर मकवानपुर, तनहुँ र पाल्पाको रामपुरसम्म हामीले फ्रोजन मःम पु¥याउँदै आएका छौँ ।” गिरी आफूमात्रै उद्यमी बनेर नबस्ने भन्दै विदेशीन तयार युवाहरुलाई स्वेदशमा नै राख्नका लागि आफूले विशेष योजना तयार पारेको बताउँछन् ।

“सानो लगानीमा पनि युवाहरुलाई स्वरोजगार हुनका लागि म सहयोग गर्छु” गिरीले भने, “खाडी मुलुक जान पनि साढे एक लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर, त्यो लगानी लिएर यहीँ राम्रो आम्दानी गर्न सकिन्छ ।” युवाहरुलाई आफूले उरी मःमको डिलरशीप दिएर नेपालमै उद्यमशील बन्न प्रेरिरत गर्ने भन्दै उनले मःमको डिलरशीपसँगै तयारी मःमको लागि आवश्यक सम्पूर्ण सामान आफूले उपलब्ध गराइदिने बताए ।

“एउटा सटर राखेर मःमको डिलरशीप राख्नुभयो भने त्यहाँ तयारी मःमलाई आवश्यक पर्ने सबै सामान म डेलिभरी गरिदिन्छु” गिरीले भने, “त्यो सटरमा पानी, चिसोलगायतका पेय पदार्थ पनि बिक्री गरेपछि खाडीमा हुने कमाइ भन्दा घरमै बसेर राम्रो आम्दानी गर्द सकिन्छ ।” गिरीले फ्रोजन मःम प्याकिङसँगै तयारी मःम पनि बिक्री गर्ने गरेको बताए ।

“विवाह, पार्टी लगायत ठाउँमा अलि धेरै अर्डर भएको ठाउँमा हामीले तयारी मःम पनि बिक्री गर्ने गरेका छौँ” गिरीले भने, “उद्योग रहेको ठाउँबाट पनि फ्रोजन प्याकिङ मःमसँगै तयारी मःम पनि बिक्री हुने गरेको छ ।” मःम उद्योगबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको उल्लेख गर्दै गिरीले काम गर्न चाहनेका लागि स्वदेशमा अवसर भएको बताए ।

अहिले उरी मःमको स्टल १४औँ चितवन महोत्सवको खाना तथा रेष्टुरेन्ट परिसरमा पनि राखिएको छ । नारायणी नदी किनारमा जारी महोत्सवमा रेष्टुरेन्ट राखेर ग्राहकहरुलाई तयारी मःमको सेवा दिइरहेको गिरीले बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram