कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
१४औँ चितवन महोत्सवको आज समापन गरिँदै

चितवन, माघ ४–
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनारमा भएको १४औँ चितवन महोत्सवको आज समापन गरिँदै छ । पुस २५ गतेदेखि सुरु भएको महोत्सवको आज दिउँसो साढे २ बजे समापन गर्ने कार्यक्रम छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गर्ने उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।
विभिन्न विवाद र चुनौतीका बीच यस पटकको चितवन महोत्सव समापन हुन लागेको हो । महोत्सवमा ४५० वटा स्टल रहेका छन् । विसं २०५३ सालदेखि हरेक दुई वर्षमा चितवन महोत्सव आयोजना हुँदै आएको छ । चितवन महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सवमा मेड इन नेपाल, रेष्टुराँ, इलेक्ट्रोनिक उत्पादनसँगै सातवटा विशेष डोमसहित स्टल राखिएको थियो । महोत्सवको चौबीसै घण्टा सिसि टिभी क्यामेराबाट निगरानी गरिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सबै स्टलको बीमा गरिएको जानकारी दिए । यसपटकको महोत्सवमा तोरी र महको उत्पादनलाई प्रवद्र्धन गर्ने परिसरमा मौरीको मस्कटसहितको तोरी बारी राखिएको भन्दै अध्यक्ष श्रेष्ठले तोरीको उत्पादन र मह सम्बन्धी गोष्ठी आयोजना गरिएको बताए ।
महोत्सव प्रवद्र्धन समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले महोत्सव अवधिभर खेल पर्यटन सम्बन्धी सेमिनार, साहित्यिक गोष्ठी, कृषि गोष्ठी, सांस्कृतिक कार्यक्रम, विभिन्न प्रतियोगितात्मक खेलकुद आयोजना गरिएको बताए । ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क महोत्सव प्रवेशको व्यवस्था गरिएको उल्लेख गर्दै ओलीले सर्वसाधारणका लागि ६० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ३० रुपैयाँको टिकटको व्यवस्था गरिएको बताए । १० दिनसम्म सञ्चालन हुने महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]