कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
उपराष्ट्रपति छाडेर मन्त्री रोजेकी रेखा

३ माघ, काठमाडौं । महिलाले समाजका अनेकौं संरचनात्मक विभेद छिचोल्दै राजनीतिमा टिकिरहन धेरै पापड बेल्नुपर्छ । रेखा शर्माले पनि आफ्नो राजनीतिक जीवनमा यस्ता धेरै अग्निपरीक्षा पार गर्नुपर्यो ।
घरगृहस्थीको चौघेरा नाघेर राजनीतिमा सक्रिय भएकी रेखाले जनयुद्धको अप्ठ्यारो बाटो रोजिन् र आफ्नो जीवनलाई उतारचढावमा हिंडाइन् ।
मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेखालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएका छन् । यसपटक मन्त्रिपरिषदमा रेखाको वरियता पनि माथि छ । उनी मन्त्रिपरिषदमा प्रधानमन्त्री र ४ जना उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देनपछिको वरियतामा छिन् । माओवादीमा प्रधानमन्त्री र उपप्रधानमन्त्री श्रेष्ठपछिको वरियतामा छिन् ।
संकटकालमा कठोर यातना, जेलनेल भोग्दै मुश्किलले बचेकी नेतृ हुन् रेखा । यसअघि समानुपातिक सांसद बनेर मन्त्री बनिसकेकी उनले यसपटक प्रत्यक्ष चुनाव लड्ने अवसर पाइन् । सभामुख रहँदा यौन काण्डमा मुछिएका माओवादी नेता कृष्णबहादुर महराले चुनावी मैदान छाडेपछि रेखाले यो अवसर प्राप्त गरेकी हुन् ।
उनले मैदानमा नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गरिन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं। २ एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी विश्वासपात्र शर्माको कडा प्रतिस्पर्धा हुने क्षेत्र बन्यो । यो प्रतिस्पर्धा दुवै पार्टीका लागि प्रतिष्ठाको विषय बनेको थियो ।
अन्ततः रेखा १९३ मतान्तरले जित हासिल गरिन् । उनले २६ हजार ८८० र पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरे । ठूलो पार्टीका महासचिवलाई हराएर संसद प्रवेश गरेकी शर्मालाई मन्त्रीको जिम्मेवारीसम्म पुग्न उल्लेख्य संघर्ष गर्नुपर्यो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएको केही समयमै देशमा नयाँ राजनीतिक समीकरण बन्यो । एमाले र माओवादी केन्द्रले नयाँ सरकार बनाउन गरेको पछिल्लो सहकार्य उनको लागि चुनौती बनेर आयो ।
नयाँ गठबन्धनका शीर्ष नेताहरू रेखालाई राजीनामा गराएर उपराष्ट्रपति बनाउने अनि पोखरेललाई उपनिर्वाचनमार्फत संसदमा ल्याउने खेलमा लागे । ओलीदेखि प्रचण्डसम्मको यो आग्रह हिजो सोमबारसम्म चल्यो, तर उनले लगातार इन्कार गरिन् ।
‘मप्रति दाङ २ का मतदाताको ठूलो भरोसा छ, त्यसैमा मेरो ध्यान रहनुपर्नेछ’, रेखाले एमाले अध्यक्ष ओलीलाई भनेकी थिइन्, ‘अहिलेलाई त्यसभन्दा बाहिर जान सम्भव छैन ।’ उनले शंकरलाई चुनावी मोर्चामा जनमतको बलमा रोकेर मात्र पुगेन, पार्टीका शीर्ष नेताहरूको दबावको पनि सामना गर्नुपर्यो ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]