Listen Live: 

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ

Radio Chitwan
मङ्लबार, माघ ३, २०७९

तनहुँ,माघ ३(

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो ।

विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३० प्रतिशतमात्रै काम सकिएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

“निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटक–पटक ध्यानाकर्षण गरायौँ”, उहाँले भन्नुभयो । त्रिशूली नदीको वारिपारि ‘फाउण्डेशन’मात्र बनेको छ । अब ‘आर्कको काम सुरु हुनलागेको अध्यक्ष चुमानले बताउनुभयो ।

एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त पुलको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्रालयका सचिव र महानिर्देशकसहितको टोलीले पुलको अवलोकन गरी पुलको कामलाई तीव्रता दिन निर्देशन दिएको छ ।

“महानिर्देशकज्यूले निर्माण व्यवसायीलाई फोन गरी यही आर्थिक वर्षभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ, निर्माण व्यवसायीले पैसाको अभावका कारण काम गर्न ढिलाइ भएको बताउनुभएको छ”, अध्यक्ष चुमानले भन्नुभयो, “पैसाको अभावलाई मन्त्रालयबाटै केही समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको छ । पुल निर्माणको ठेक्का मृत सञ्जिबनी निर्माण कम्पनी हेटौँडाले पाएको छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारयणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।

पृथ्वीराजमार्गको विकल्पका रूपमा रहेको बुद्धसिं मार्ग कालोपत्रका लागि काम सुरु भइसकेको छ । दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ ।

पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुई पाङ्ग्रे सवारीसाधन आउनेजाने गरे पनि दुई पाङ्ग्रे सवारीसाधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram