Listen Live: 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भरतपुरको पुलचोक–गोन्द्राङ निर्माणाधिन छ लेन सडकको निरीक्षण

Radio Chitwan
मङ्लबार, माघ ३, २०७९

चितवन, माघ ३(

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भरतपुरको पुलचोक–गोन्द्राङ निर्माणाधिन छ लेन सडकको निरीक्षण गरेका छन् ।

भरतपुर महानगरकी मेयर रेनु दाहालसँगै सडक निर्माणस्थलमा पुगेका मन्त्री श्रेष्ठले गुणस्तरीयरुपमा सडकको काम समयमा सक्न निर्देशन दिएका छन् ।

सडक निरीक्षणको क्रममा श्रेष्ठले भने, ‘ म कारबाहीलाई भन्दा पनि कामलाई प्राथमिकतामा राख्छु । गुणस्तरीय काम समयमा सम्पन्न हुनुप¥यो । अहिले समयमा सम्पन्न भएको रहेनछ । थोरै अवधिमा समयमा नै सम्पन्न गर्ने दिशातिर लैजान्छौं । समयमा नसकेर कारबाही गर्न नपरोस् ।’ उनले देशको विकास निर्माणको कामलाई अवरुद्ध गर्ने, कामलाई समयमा नसक्नेलाई आफूले छुट नदिने बताए । उनले भने, ‘ काममा गरिने ढिलाइ वा हेलचक्राइसँग सम्झौंता गरिन्न । अहिले तपाइँले कन्ट्याक्टर साथीसँग पनि कुरा भएको देख्नुभयो । असारसम्म पूरा गर्छु भन्नु भएको छ । पूरा गरेन भने के गर्ने भन्ने कुरा तपाइँले मलाइ सोध्दै नसोध्नोस् ।’ मन्त्रीले श्रेष्ठले कारबाही पहिले गरेर भन्दा काम गरेर अगाडि बढाउनुपर्ने बताए ।

मन्त्री श्रेष्ठसँग निर्माण व्यवसायी सुनिल ढुंगानाले निर्माण सामग्रीको अभावले समयमा काम नसकिने बताए । उनले भने, ‘माघ २५ गते सम्म निर्माण अवधि, क्रसर बन्द , तुरुन्त हल गर्नुपर्छ । जस्तै कच्चा पदार्थको अभाव , आवश्यक कच्चा पदार्थ हामीले पाएका छैनौं । नारायणीमा बल्ल ठेक्का परेको छ । नारायणी नदीबाट उत्खनन् सुरु गरेपछि मात्र हामीसँग आवश्यक सामग्री हुन्छ । ’

उपप्रधानमन्त्री श्रेष्ठले भने सम्बन्धित मन्त्रालयसँग कुरा राखेकोले समयमा नै यो विषय हल हुने बताए । उनले भने, ‘तीन, चार दिन यता त्यस्तो भएको छ । सम्बन्धित मन्त्रालयसँग कुरा गरेका छौं । अवैद्यानिक र असंवैधानिक ढंगले काम गर्नेलाई त नियमन गर्नु नै पर्छ तर आयोजना नै प्रभावित हुने गरी क्रसर बन्द हुनु हुँदैन । काममा प्रतिकुल असर पर्ने गरी अहिले क्रसरहरु सबै बन्द हुने प्रक्रियामा जानु हुँदैन ।’

निर्माण व्यवसायी ढुंगानाले राखेको कुरामा असहमति जनाउँदै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले निर्माण सामग्री अभावको कुरा नभएको बताइन् । उनले भनिन्, ‘पहिले पनि तपाइँहरुले नारायणीमा नै क्रसर राखेर काम गर्नुभएको हो । महानगरले सहजीकरण गर्ने कुनै काम बाँकी राखेको छैन । नहुने कुराको रिपोर्टिङ नगरौं न मन्त्री ज्यूलाई । सब चिजको उपलब्धता छ । दुई चारदिनको कुराले केही भएन यो । ’ व्यवसायीले भने मन्त्रीसँग भदौंसम्म सम्पूर्ण काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram