Listen Live: 

भ्रष्टचार र अनियमितता गर्ने कार्यलाई सरकारले सरकारले छुट दिन नसक्ने

Radio Chitwan
मङ्लबार, माघ ३, २०७९

चितवन, माघ ३–

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचार र अनियमितता गर्ने कार्यलाई सरकारले सरकारले छुट दिन नसक्ने बताएका छन् ।

आज भरतपुर महानगरपालिकाले गरेको विकास निर्माणको विषयमा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भ्रष्टचार र अनियमितता नै विकासको शत्रु भन्ने गरिएकोले त्यस्तो कार्यलाई अब सरकारले कुनै पनि हालतमा छुट दिन नसक्ने बताए । उनले पहिलो मन्त्रीपरिषद् बैठकबाट नै सरकारले भ्रष्टचारलाई निरुत्साहित गर्न ठोस कदम चाल्ने निर्णय गरिसकेको भन्दै त्यस्तो कार्य हुन नदिने बताए । ‘भ्रष्टचार र अनियमितता हाम्रो विकासको शत्रु हो भन्ने तर त्यही कुरा दोहा¥याउने काम अब हुन सक्दैन, अतः त्यो कुरा कतै छ सरकारले त्यसलाई छुट दिन सक्दैन’–मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले हालसम्म विकास निर्माणमा भइरहेको अवरोधको बारेमा गम्भिर समीक्षा हुन जरुरी रहेको भन्दै नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताए । ‘म कसैलाई दोष दिन चाहन्न, हिजोको सरकार, मन्त्रालयको नेतृत्व वा कर्मचारी, कहि न कहि समस्या त छ नै, समयमै गुणस्तरीय विकास किन हुन सकेन त्यसको आत्मसमिक्षा गर्नुपर्छ’ मन्त्री श्रेष्ठले भने ‘समस्यालाई समाधान गर्नुपर्छ, कमजोरी छ भने सच्याउनुपर्छ, दोषारोपणको खेलबाट माथि उठेर पहिलेको कुराबाट शिक्षा लिएर नयाँ ढंगले अघि बढ्नुपर्छ ।’

मन्त्री श्रेष्ठले विकास निर्माणको कामलाई अब रफ्तारमा अघि बढ्ने प्रतिवद्धता जनाए । निर्माणको क्रममा रहेका तर लामो समय रोकिएका आयोजनाहरुलाई तिव्रता दिने उनले बताए । ‘निर्माणको क्रममा रहेका तर लामो समयदेखि जनतालाई दिगदार बनाएका आयोजना अब त्यही अवस्थामा रहन सक्दैन, अब त्यसलाई रफ्तारमा लगिने छ’–मन्त्री श्रेष्ठले भने ।

उनले अहिलेको सरकारले एक सुत्रिय सामाजिक न्यायका लागि समृद्धिका कामलाई तिव्रता प्रदान गर्ने कार्यलाई केन्द्रविन्दुमा राखेको समेत बताए । मन्त्री श्रेष्ठले भरतपुरमा विकास निर्माणको कामले तिव्रता पाएको भन्दै नयाँ आयोजना र पुराना आयोजनालाई रफ्तारमा लैजान आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

सो क्रममा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पश्चिम चितवनलाई नवलपुरसंग जोड्न एउटा पुल अतिआवश्यक रहेको भन्दै मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए । ‘पश्चिम चितवनका जनताले पुल नहुँदा धेरै दुःख पाएका छन्, गोलाघाटमा हुन्छ की अर्को कुनै ठाउँमा तत्काल प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ, यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग चाहन्छौं’–मेयर दाहालले भनिन् ।

उनले पूर्वपश्चिम राजमार्गको भरतपुर खण्डमा ट्राफिक लाइट र फ्लाई ओभर आवश्यक देखिएकोले त्यसका लागि सहयोग गर्न आग्रह गरिन् । मेयर दाहालले अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउनका लागि सहजीकरण गर्न आग्रह गरिन् । हालसम्म निर्माणको क्रममा लागेको ऋण चुक्ताको विषय समस्या भएकाले बजेट छुट्टिदा पनि खर्च गर्न नपाएको गुनासो गरिन् ।

कार्यक्रममा बोल्दै माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले माडीमा रिङरोडको लागि ध्यानाकर्षण गराइन् । माडीका जनताले वन्यजन्तुबाट सास्ती भोग्दै आएरहेपनि सडक संजालको कारणले पनि थप समस्या भोग्न बाध्य भएको बताइन् । मेयर महतोले निकुञ्जभित्रको बाटोलाई कालोपत्र गर्न माग गर्दै माडीका जनतालाई सहज यातायातको व्यवस्था मिलाउन केन्द्रीय सरकारको ध्यानाकर्षण गराइन् । ‘माडीका जनता भरतपुर आउँदा एक जोर कपडा व्यागमा बोकेर आउनुपर्ने बाध्यता छ, बाटो धुलाम्य हुँदा धेरै नै सास्ती भोग्नुपरेको छ’–मेयर महतोले भनिन् ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नारायणी नदीमा आकर्षक सिग्नेचर पुल अहिले रहेको पुलको छेउबाट नै बनाइने बताए । उनले त्यसका लागि तयारी अघि बढिसकेको बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महानगरका लक्ष्मी प्रसाद सापकोटाले महानगरमा भइरहेको विकास निर्माणका बारेमा जानकारी गराएका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram