रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका पहिचान हुन नसकेका शव काठमाडौँ पठाइँदै
गण्डकी, माघ ३–
आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ।
शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
“हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी शव परीक्षण भइरहेको छ”, उनले भने, “अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।” शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाइने प्रजिअ केसीले जानकारी दिए।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]