Listen Live: 

चितवन समाज अस्ट्रेलियाले आफ्नो स्थापना दिवसका अवसर पारेर सिड्नीको अर्वन पार्कमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना

Radio Chitwan
सोमवार, माघ २, २०७९

चितवन,माघ २(

चितवन समाज अस्ट्रेलियाले आफ्नो स्थापना दिवसका अवसर पारेर सिड्नीको अर्वन पार्कमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। अस्ट्रेलियाभर छरिएका चितवनबासीको संगठनका रुपमा चिनिएको चितवन समाजले आयोजना गरेको घेटघाट कार्यक्रममा सिड्नी र वरपर रहेका करिब दुई सय भन्दा बढीको उपस्थिति थियो।

आपसी भेटघाट जिल्लाबासीबीच आपसी सम्वन्ध बिस्तार र सहयोगको आदानप्रदान गर्न स्थापना दिवसको दिन सिडनीमा कार्यक्रम आयोजना गरिएको चितवन समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले जानकारी दिए। ‘जन्मेको माटो र हुर्केको बाटोघाटो सबैका लागि सधै प्यारो हुन्छ, यसैले पनि यस्ता क्षेत्रीय र भेगीयस्तरका नाममा खोलिएका संघ संस्था मुलुकको हितका खातिर सहयोगी साबित हुदै आएका छन्’, अध्यक्ष घिमिरेले भने।

एनआरएन साझा चौतारीको रुपमा रहेको र प्रवासमा खोलिएका यस्ता भेगीय संघ संस्थाहरु आपसी सदभाव र एकताका लागि महत्वपुर्ण माध्यम बनेको घिमिरेले बताए। अस्ट्रेलियामा निकै ठूलो र बिस्तारित समाजका रूपमा रहेको चितवन समाजले जिल्लाको शिक्षा र स्वास्थ्य लगायतका सामाजिक कार्यमा पनि सहयोग गर्दै आइरहेको छ।

कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेशराज जोशी, आइसीसी सदस्य बुद्धी डल्लाकोटी, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समितिका महामन्त्री रोहित खडका, एनएडिएफका अध्यक्ष भिष्म भण्डारी, एनआरएन अभियन्ता अन्जना बस्नेत, नयाका अध्यक्ष निजन चौलागाईलगायतले चितवन समाजलाई शुभकामना प्रदान गरेका थिए।

कार्यक्रममा एनआरएन आइसीसीका उप महासचिव गणेश केसी, एनआरएन अस्ट्रेलियाका निर्वतमान महासचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन अभियन्ता डा राजु मानन्धर ,निरज श्रेष्ठ , मल्टी डाइनामिक अर्वनका निर्देशक डिल्ली ढकाल, जनसम्पर्क समितिका उपाध्यक्ष थानु शाक्य, राजेश केसीलगायतको सहभागिता थियो।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram