कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन समाज अस्ट्रेलियाले आफ्नो स्थापना दिवसका अवसर पारेर सिड्नीको अर्वन पार्कमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना

चितवन,माघ २(
चितवन समाज अस्ट्रेलियाले आफ्नो स्थापना दिवसका अवसर पारेर सिड्नीको अर्वन पार्कमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। अस्ट्रेलियाभर छरिएका चितवनबासीको संगठनका रुपमा चिनिएको चितवन समाजले आयोजना गरेको घेटघाट कार्यक्रममा सिड्नी र वरपर रहेका करिब दुई सय भन्दा बढीको उपस्थिति थियो।
आपसी भेटघाट जिल्लाबासीबीच आपसी सम्वन्ध बिस्तार र सहयोगको आदानप्रदान गर्न स्थापना दिवसको दिन सिडनीमा कार्यक्रम आयोजना गरिएको चितवन समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले जानकारी दिए। ‘जन्मेको माटो र हुर्केको बाटोघाटो सबैका लागि सधै प्यारो हुन्छ, यसैले पनि यस्ता क्षेत्रीय र भेगीयस्तरका नाममा खोलिएका संघ संस्था मुलुकको हितका खातिर सहयोगी साबित हुदै आएका छन्’, अध्यक्ष घिमिरेले भने।
एनआरएन साझा चौतारीको रुपमा रहेको र प्रवासमा खोलिएका यस्ता भेगीय संघ संस्थाहरु आपसी सदभाव र एकताका लागि महत्वपुर्ण माध्यम बनेको घिमिरेले बताए। अस्ट्रेलियामा निकै ठूलो र बिस्तारित समाजका रूपमा रहेको चितवन समाजले जिल्लाको शिक्षा र स्वास्थ्य लगायतका सामाजिक कार्यमा पनि सहयोग गर्दै आइरहेको छ।
कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेशराज जोशी, आइसीसी सदस्य बुद्धी डल्लाकोटी, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समितिका महामन्त्री रोहित खडका, एनएडिएफका अध्यक्ष भिष्म भण्डारी, एनआरएन अभियन्ता अन्जना बस्नेत, नयाका अध्यक्ष निजन चौलागाईलगायतले चितवन समाजलाई शुभकामना प्रदान गरेका थिए।
कार्यक्रममा एनआरएन आइसीसीका उप महासचिव गणेश केसी, एनआरएन अस्ट्रेलियाका निर्वतमान महासचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन अभियन्ता डा राजु मानन्धर ,निरज श्रेष्ठ , मल्टी डाइनामिक अर्वनका निर्देशक डिल्ली ढकाल, जनसम्पर्क समितिका उपाध्यक्ष थानु शाक्य, राजेश केसीलगायतको सहभागिता थियो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

