कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेपाल मगर संघ भरतपुर–२६ दिव्यनगरले सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति मनाए

चितवन, माघ २–
नेपाल मगर संघ भरतपुर–२६ दिव्यनगरले सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति ९माघ्या सकराटी० मनाएका छन् ।
भेग र समुदाय अनुसार भिन्नभिन्न ढंगले मनाउने क्रममा मगर समुदायले मिनाम सार ल्होस –५०१६ जमघट तथा सांस्कृतिक कार्यक्रम गरी मनाएका हुन् ।
यस दिन धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गरी पर्व मनाउने गरेको नेपाल मगर संघ भरतपुर–२६ का अध्यक्ष टेकबहादुर थापामगरले बताए । उनले भने, ‘हामी मगर जातिले श्राद्ध गर्दैनौं । यस दिन स्नान गरी पितृलाई पानी चडाई गुम्बामा लाख बत्ती जलाएर पितृहरुलाई सम्झन्छौं । र, चेलीबेटी पूजी, मौलिक नाँचगान गरिन्छ ।’
मगरहरूको सांस्कृतिक पर्व घोषणा भइसकेको माघे संक्रान्ति मगर समुदायले नयाँ वर्षका रुपमा समेत मनाउन गरेको थापामगरको भनाइ छ । ‘यही समयमा अन्न बाली स्याहार्ने र नयाँ अन्न लगाउने तयारी गरिन्छ । यसका कारण पुर्खौदेखि हामीले नयाँ सालको रुपमा मनाउँछौं,’ उनले भने । समाज विकासको कारण यस पर्व मनाउने तरिका फरक हुँदै गएको उनको भनाइ छ ।
साथै यस दिन गिठा, भ्याकुर, तरुल, सखरखण्ड, बटुक, सेल रोटी, अचारलगायत विशेष परिकार खाइने उनले बताए । नेपाल मगर संघ भरतपुर–२६ का सल्लाहकार सदस्य वीरबहादुर सारुमगरले पर्व र सांस्कृतिक कार्यक्रमले छरिएर रहेको मगर समूदायलाई एक जुट बनाएको जीकिर गरे । आफ्नो पहिचान, संस्कार र संस्कृति जोगाउन भूमिका खेल्ने संस्थापक, अध्यक्षदेखि सम्पूर्ण कार्यसमिति सदस्य प्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा नेपाल मगर संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगर, सचिव सजन मगर, नेपाल मगर संघ भरतपुर–२६ संस्थापक अध्यक्ष मनकुमारी राना मगर, पूर्वअध्यक्ष प्रितम बहादुर थापामगरलगायतको उपस्थिति रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]