कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्ने

काठमाडौं,माघ २(
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्ने बताएका छन्। पोखरामा आइतबार भएको विमान दुर्घटनापछि सरकारले दिएको शोक बिदाको आलोचना भइरहेका बेला गृहमन्त्री लामिछानेले आजैदेखि प्रभावकारी काम सुरु हुने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै मन्त्री लामिछानेले सार्वजनिक यातायातको सुरक्षाबारे छलफल चलिरहेको र अब आजैदेखि प्रभावकारी काम सुरु हुने बताए। यस्तै उनले घटना सेलाए पनि काम सेलाउन नदिने प्रतिबद्धता जनाएका छन्। उपप्रधान तथा गृहमन्त्रीको हैसियतले शोक बिदाको निर्णयप्रति आएका धारणालाई सम्मान गर्दै यस्ता सुझावहरुलाई मनन गरिने उनले बताएका छन्।
उनले भनेका छन्, ‘सार्वजनिक यातायात सुरक्षा बारे छलफल गरिरहेकै थियौं। तर, अब भोलिबाटै प्रभावकारी काम सुरु हुनेछ, घटना सेलाए पनि काम सेलाउन दिन्नौं। उपप्रधान तथा गृहमन्त्रीका हैसियतले, शोक बिदाको निर्णयप्रति आएका धारणाहरुप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरुलाई मनन गरिने जानकारी गराउँदछु।’
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]