कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पोखरामा हिजो भएको यती एयरको विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त

काठमाडौँ, माघ २–
पोखरामा हिजो भएको यती एयरको विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो साँझ ट्वीट गर्दै दुःख प्रकट गरे । ‘भारतीय नागरिकलगायत यात्रुहरूको ज्यान जाने गरी नेपालमा भएको दुःखद् विमान दुर्घटनाबाट पीडा भएको छ । यो शोकको घडीमा मेरो प्रार्थना शोकसन्तप्त परिवारहरूको साथमा छ,’ मोदीले ट्वीटमा भनेका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरले पनि ट्वीटमार्फत पोखरामा भएको विमान दुर्घटनाको खबरले गहिरो दुःख लागेको उल्लेख गरेका छन् । त्यस्तै भारतका नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाले पनि विमान दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई सहानुभूति दिँदै उक्त विमान दुर्घटना भयानक भएको बताएका छन् ।
अमेरिकी दूतावासले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ । यस्तै, नेपालका लागि चिनियाँ राजदूत चेन सङले विमान दुर्घटनाले आफू निकै स्तब्ध रहेको बताएका छन् । उनले ट्वीट गर्दै यस दुःखद् घडीमा आफूहरूको समवेदना नेपाली जनताको साथमा रहेको बताउँदै मृतकहरूप्रति गहिरो श्रद्धाञ्जली, शोकसन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् ।
रुसी समाचार संस्था तासले राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको जनाएको छ । पुटिनले सन्देशमा मृतकका परिवारजन र आफन्तहरूप्रति सहानुभूतिसमेत प्रकट गरेको तासले उल्लेख गरेको छ ।
त्यस्तै पाकिस्तानले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ । ‘पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेप्रति पाकिस्तानी सरकार र जनताका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दछौं,’ पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको एनटीवाई ६९१, ९ एन–एएनसी विमान बिहान १०ः५० बजे दुर्घटना भएको थियो । दुर्घटनामा परेर ५३ नेपाली, भारतीय नागरिक पाँच जना, रुसी नागरिक चार जना, कोरियाका दुई जना र एक–एक जना आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका नागरिकको निधन भएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]