Listen Live: 

क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने

Radio Chitwan
शुक्रबार, पुस २९, २०७९

काठमाडौं,पुस २९(

क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन् । उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रबार धरौटी राखेर निस्किने जानकारी दिए ।

“२० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । शुक्रबार हामी धरौटी राखेर निकाल्छौँ,” उनले भने । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई विदेश जान पनि रोक लगाएको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरे पनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो ।

लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

आन्य समाचारहरु:-
July 17, 2024
रत्ननगर ६ मा रहेकाे बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।  रत्ननगर नगरपालिका भित्रका […]

July 15, 2024
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, […]

July 14, 2024
राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी […]

July 13, 2024
रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram