कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
अर्गानिक महबाट वार्षिक १५ लाख कमाइ

रत्ननगर । कपाल सेताम्मे फुलेको छ । ६५ वर्षीय शंकरबहादुर भट्टको जाँगर युवा अवस्थाकै जस्तो छ । रत्ननगर–१३, जयमंगला निवासी भट्ट बुधबार चेपाङ डाँडामा भेटिए ।
कालिका नगरपालिका–१०, छेरवाङस्थित चेपाङ डाँडामा भट्टले मह काढ्दै थिए । सेता मौरीको घारमा फुलेको सेतै कपालमा घारहरुको बीचमा भट्ट रमाउँदै थिए । भट्टले २०५० सालदेखि मौरीपालन सुरू गरेका हुन् ।
मौरीपालन उनको रहर हो । बुढेसकाल लाग्दासमेत मौरी पाल्ने उनको रहर मेटिएको छैन, त्यही कारणले इच्छाशक्ति अहिले पनि उस्तै छ । पशुपालन छाडेर मौरीपालन सुरू गरेका भट्टले एक वर्षअघिदेखि अर्गानिक मह उत्पादनमा जोड दिएका छन् । चिउरीको मह उत्पादनका लागि उनले छेरवाङमा मौरीपालन सुरू गरेका हुन् ।
२०५० सालमा २ वटा घारबाट सुरू गरिएको मौरीपालनले उनको जीवनस्तर सुधारिएको छ । राम्रो आम्दानी हुने भएकाले बुढेसकाल लाग्दासमेत मह उत्पादनको काम छाडेका छैनन् । जयमंगलाबाट सुरू भएको उनको मौरीपालन मकवानपुरसम्म पुगेको छ ।
कालिका नगरपालिकाको शक्तिखोर र सिद्धि हुँदै अहिले उनले छेरवाङमा मौरीपालन गरिरहेका छन् । छेरवाङमा उनले दुई कट्ठा जग्गा किनेका छन् । ‘अब स्थायीरुपमा यहीँ मौरीपालन गर्ने योजना बनाएर पहाड उक्लिएको हुँ’, उनले भने, ‘मानिसको जीवनरक्षाका लागि अर्गानिक मह उत्पादन सुरू गरेको छु ।’
भट्टले १६५ घार मौरी पालेका छन् । उनले वार्षिक ३० क्विन्टल मह उत्पादन गर्दै आएका छन् । वार्षिक २१ लाखको मह उत्पादन गर्ने भट्टले खर्च कटाएर १५ लाख रूपैयाँ कमाइ हुने गरेको बताए । ‘वार्षिक १५ लाख कमाइ हुन्छ’, उनले भने, ‘यो मेरो रहरको पेसा हो, म यसैमा रमाएको छु ।’ भट्टले प्रतिकिलो ७०० रूपैयाँमा मह बिक्री गर्दै आएका छन् ।
२०४६ लालसम्म भट्ट शिक्षण पेसामा क्रियाशील थिए । शिक्षण पेसा छाडेर व्यावसायिकरुपमा पशुपालन गरेका थिए ।
पशुपालनबाट लगानी पनि नउठ्ने भएपछि पशुपालन छाडेर उनले मौरीपालन सुरू गरेका हुन् । जयमंगलामा मौरीपालन र पशुपालनसँगसँगै गरिरहेका भट्टले तीन वर्षअघि पशुपालन व्यवसाय छाडेका हुन् । ‘पशुपालनभन्दा मौरीपालन कयौँ गुणा राम्रो व्यवसाय हो’, उनले भने, ‘मौरीपालन कृषि क्षेत्रको भन्सारजस्तै हो ।’ मौरीपालन व्यवसाय दुःख नहुने पेसा भएको भट्ट बताउँछन् । ‘यो अल्छीले गर्ने पेसा हो’, उनले भने, ‘गाईपालनमा जस्तो यसमा धेरै दुःख गर्न पर्दैन ।’
भट्टले मह उत्पादन गरेर पैसा मात्र कमाएका छैनन्, दुई दर्जन बढी युवाहरुलाई मौरीपालन व्यवसायमा लगाउनसमेत सफल भएका छन् । एक वर्षअघि मह उत्पादन गर्न छेरवाङ पुगेका भट्टले अर्गानिक मह उत्पादन र चेपाङ युवालाई मौरीपालन व्यवसायमा लगाउने उद्देश्य बनाएका छन् ।
‘सुरूमा छेरवाङका दुई जना चेपाङ समुदायका युवाहरुलाई निःशुल्क मौरीसहितको घार दिएर मौरीपालन सुरू गराउने योजना बनाएको छु’, उनले भने, ‘म यो गाउँ र चेपाङ समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन यहाँ आएका हँु ।’
भट्टले उत्पादन गरेको अधिकांश मह चितवनकै बजारमा बिक्री हुने गरेको छ । चितवनमा खपत हुन नसकेको मह उनले काठमाडौँ र पोखरा पठाउँछन् । ‘चिउरी र रूधिलोको महले दीर्घरोगीहरुलाई फाइदा हुन्छ’, उनले भने, ‘मानव स्वास्थ्यको ख्याल गरी अर्गानिक मह उत्पादन गर्न थालेको हुँ ।’
नेपाली बजारमा चिउरी र रूधिलोको महको माग हुन थालेपछि मौरीको घार बोकेर एक वर्षअघि भट्ट चेपाङ डाँडा उक्लिएका हुन् । उनले सीमान्तकृत चेपाङ समुदायका १० जना युवालाई रोजगारीसमेत दिएका छन् । ‘मैले मात्र कमाएर भएन’, उनले भने, ‘म यहाँ आएको सार्थक हुनका लागि यहाँको समुदायलाई पनि फाइदा हुनुपर्छ ।’
५०० भन्दा बढी मौरीपालक किसान रहेको चितवनमा ३० हजार गोला मौरी रहेको अनुमान छ । यहाँ वार्षिक आठ हजार मेट्रिक टन महको उत्पादन हुँदै आएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]