रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
अनुमति बिना सञ्चालन भएका अस्पतालमाथि कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत बिना सञ्चालन भएका अस्पतालहरुलाई कारबाही गर्ने बताएको छ । कतिपय स्वास्थ्य संस्था अनुमती बिना सञ्चालन भएको पाइएकाले कारबाही गर्ने मन्त्रालयले चेतावनी हो । मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले सूचना जारी गर्दैै भनेको छ, ‘कतिपय स्वास्थ्य संस्थाहरुले इजाजतपत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरूबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको भनी विभिन्न सञ्चार समाचार आएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ जनस्वाथ्य सेवा ऐन २०७५ जनस्वास्थ्य सेवा नियमावली, २०७७ स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ लगायतको अन्य कानून, निर्देशिका तथा मापदण्डअनुसार सञ्चालन भएका अस्पताल मात्रै सञ्चालन अनुमति पाउने महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायले बताए । महाशाखाले इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी तथा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र तथा नवीकरण गर्न आग्रह गरेको छ । अस्पतालहरू अनुमतिबिना सञ्चालन भएको पाइएमा प्रचलित कानुन अनुसार पत्रमार्फत जानकारी गराई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
चितवन । चितवन रत्ननगर नगरपालिका ७ स्थित बछाैलीमा बुधबार आयोजित निशुल्क आँखा परिक्षण शिविरमा २५० जनाले आँखा परिक्षण गराएका छन् । रत्ननगर ७ मा रहेकाे सौराहा आँखा उपचार केन्द्रमा भएकाे […]
काठमाडौं । पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ । थाइराइड फेडेरेसन इन्टरनेसलका अनुसार प्रत्येक आठ महिलामध्ये एकले […]
काठमाडौं– काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ । मौसमी फ्लु भनी अनुमान गरिएका उनीहरू उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा […]