Listen Live: 

हाकिमचोक–जगतपुर सडक खण्डको मापदण्ड सरकारले राजपत्रमा प्रकाशित गरेअनुसार हुनुपर्ने स्थानीयले माग

Radio Chitwan
बिहिबार, पुस २८, २०७९

चितवन, पुस २८–

भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग अन्तर्गत पर्ने हाकिमचोक–जगतपुर सडक खण्डको मापदण्ड सरकारले राजपत्रमा प्रकाशित गरेअनुसार हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

पुस २७ गते बसेको स्थानीयको भेलाले हाकिमचोक–गितानगर–जगतपुर खण्डलाई नेपालको राजपत्रमा प्रकाशित भएको मापदण्डअनुसार विस्तार गर्न माग गरेको हो । उनीहरुले माघ २ गते स्थानीयहरुको हस्ताक्षर संकलन गरेर भरतपुर महानगरपालिका, सडक डिभिजन र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तयारी समेत गरेका छन् ।

सडक डिभिजन र भरतपुर महानगरले सडकको क्षेत्राधिकारबारे फरक–फरक मापदण्ड हुने बताएपछि स्थानीय अन्यौलमा परेका छन् । त्यसै कारण तीन वटा निकायमा ज्ञापन पत्र बुझाउने निर्णय गरिएको स्थानीय राजन कुमार श्रेष्ठले बताए ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram