Listen Live: 

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आए चितवन, आज एकैदिन आधादर्जन कार्यक्रममा सहभागी हुने

Radio Chitwan
बिहिबार, पुस २८, २०७९

चितवन, पुस २८–

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आउँदै छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि चितवन आउने उनले बताएका थिए ।

१४औँ चितवन महोत्सव परिसरभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को गृहमन्त्री लामिछानेले अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३ः१५ बजे गृहमन्त्रीले एक्स्पोको अवलोकन गर्ने गृहमन्त्रीका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए । गृहमन्त्री लामिछानेले यसअघि नै आफुले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।

त्यसअघि गृहमन्त्री लामिछानेसँग बिहान १०ः३० बजे भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । त्यसपछि ११ बजे पोल्ट्री व्यवसायी र गृहमन्त्री बीच भरतपुर गार्डेनमा अन्तरक्रिया हुने छ । दिउँसो १ बजे खैरहनीमा आजदेखि सुरु हुन लागेको खिचरा महोत्सवको उद्घाटन गर्न पुग्ने सिग्देलले जानकारी दिए ।

महोत्सवको उद्घाटन सकेर गृहमन्त्री भरतपुर आउने छन् । साढे २ बजे चितवन उद्योग संघमा औद्योगिक क्षेत्रको विषयमा छलफल हुने छ । त्यसपछि मात्रै उनले मेन इन नेपाल एक्स्पोको अवलोकन गर्ने छन् । अवलोकनपछि उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसँग छलफल हुने छ । साँझ ५ बजे फुड फेस्टिबलको अवलोकन र ६ः१५ बजे सौराहामा सौराहाका पर्यटनका विषयमा स्थानीयसँग गृहमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram