Listen Live: 

किन हुन्छ थाइराइड हर्मोन घट्ने समस्या ?

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

हाम्रो घाँटीमा रहेको करीब २ ईन्च लामो र सानो आकारको, पुतली जस्तो बनावट भएको, स्वरयन्त्रको मुनि र घाँटीको अगाडि रहेको शरीरको महत्वपूर्ण ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यसले मुख्यतः टाउकोमा रहेको प्रमुख ग्रन्थी (पिटिट्युरी ग्लान्ड) ले निकाल्ने एक प्रकारको रसको संकेत प्राप्त गरी दुई किसिमको रस वा हर्मोन उत्पादन गर्दछ, जुन हर्मोनको काम शरीरलाई सन्तुलन र स्वस्थ राख्नु हो । साथै, यी हर्मोनका काम शरीरका मुख्य कार्यहरु सम्पादन गर्नु, मस्तिष्क र स्नायु प्रणालीको विकास गर्नु, श्वास प्रश्वास नियमित राख्नु, मांसपेशी बलियो बनाउनु, छाला चिल्लो बनाउनु हो । साथै, यसको काम महिनावारी नियमित बनाउनु, कोलेस्टेरोल सन्तुलित राख्नु, मेटाबोलिज्म् व्यवस्थित पार्नु र शरीरको तापक्रम तथा मुटुको चाल समेत सामान्य राख्नु हो ।
यदि थाइराइड ग्रन्थीको निष्क्रियता भएमा जतिसुकै संकेत मष्तिस्कको उक्त पिटिट्युरी ग्रन्थीले दिएता पनि थाइराइड ग्रन्थीले आफ्नो कार्य राम्रोसँग गर्न नसकेको अवस्थामा हर्मोनको उत्पादन कम भई शरीरमा देखा पर्ने विभिन्न असरयुक्त अवस्था नै बोलीचालीको भाषामा थाइराइड हो । यसलाई चिकित्सिकीय भाषामा हाइपोथाइराइडिज्म् भनिन्छ । शरीरमा थाइराइड हर्मोनले कोषभित्र हुने महत्वपूर्ण पाचन (मेटाबोलिज्म) प्रक्रियालाई छिटो बनाउने कुराको नियन्त्रण गर्दछ । कोषभित्र जति बढी छिटो र राम्रो पाचन भयो, त्यति नै क्यालोरीको जलन भई शक्ति उत्पादन हुन्छ । तर जुन व्यक्तिमा हाइपोथाइराइडिज्म्को समस्या छ, त्यसलाई सुरुवातको अवस्थामा खासै कुनै असर देखा पर्दैन । तर बिस्तारै उक्त पाचन प्रक्रियामा ढिलोपन आउने हुँदा क्यालोरी जलन हुन नसकेका कारण मोटोपन बढ्ने, तौल घटाउन नसकिने, थकाई लाग्ने, रगतमा कोलेस्टेरोल बढ्ने, जोर्नी दुख्ने, बाँझोपन हुने र मुटुका समस्या हुने लगायत लक्षण देखिन्छ । शरीरमा यस्तो समस्या भए नभएको हेर्न रगत जाँच गर्नुपर्छ । यो समस्या पुरुषको तुलनामा महिलामा र ६० वर्ष कटेका व्यक्तिहरुमा बढी देखिन्छ । थाइराइड हर्मोनको अनुपस्थितिको मात्राको आधारमा विभिन्न खालका लक्षण तथा चिन्ह देखा पर्छन् । समस्या बिस्तारै देखा पर्ने र बढ्दै जाने गर्छन् ।

आन्य समाचारहरु:-
August 27, 2023
पूर्वी चितवनमा धानमा गबारोसंगै पातको फेद डढुवा रोगको प्रकोप

चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । […]

August 25, 2023
चितवनको केरामा ‘ओइलाउने’ रोग

चितवन,भदौ ८- चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन […]

August 17, 2023
१६ दिनमा थपिए साढे ६ हजार डेंगी संक्रमित, कोसी र वाग्मतीमा सबैभन्दा धेरै

काठमाडौं,साउन ३२- यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार […]

August 11, 2023
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या

चितवन। चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram