Listen Live: 

उत्पादन खर्च पनि नउठ्ने हो कि भन्ने चितवनका तरकारी किसानलाई सधै पिरलो

Radio Chitwan
बुधबार, पुस २७, २०७९

चितवन, पुस २७(

चितवनको खैरहनी नगरपालिका–६ तुलसीपुरका पुरन महतोले यस वर्ष एक बिघामा काउली, एक बिघामा बन्दा, १० कठ्ठामा फर्सी, १० देखि १२ कठ्ठामा केराउ, फर्सी, मूला र भेन्टा लगाएका छन् । एक वर्षअघि मूल्य नपाएपछि बन्दा खेतीमा डोजर लगाएर चर्चा पाएका महतोलाई यसपटक पनि तरकारीले मूल्य नपाउने हो कि भन्ने चिन्ताले सताउँछ । उनले भारतबाट तरकारी धेरै भित्रिएमा यहाँको तरकारीले मूल्य नपाउने भएकोले उत्पादनको लगानी उठाउन पनि गाहे हुने बताए । उनले भने, ‘केही दिन अघि काउली १० रुपैयाँ किलो बिक्री हुँदा निकै चिन्ता लागेको थियो । आजभोलि ३० रुपैयाँ किलोमा बिक्री हुन थालेपछि भने केही आशा जागेको छ । बन्दाको मूल्य किलोको ७ रुपैयाँ मात्र छ । काउलीले केही मूल्य पाएकोले बन्दामा घाटा खाए पनि उत्पादन लागत उठ्छ कि भन्ने आशामा छु ।’ उनले किलोको ३० रुपैयाँमा लगेको तरकारी ४० मा बिक्री हुदा त ठिकै हो तर बजारमा ७० देखि १०० रुपैयाँमा उपभोक्ताले किनेको देख्दा भने कटक्क मन खाने नारायणी अनलाइनलाई बताए ।

किसानले निकै दुःख गरेर ब्ल्याकमा ५० रुपैयाँमा रासायनिक मल किन्नुपर्ने बाध्यताले गर्दा पनि तरकारीको लागत मूल्य बढ्दै गएको छ । खैरहनीका तरकारी किसान महतोले पनि उत्पादन लागत बढ्दै गएकोले बिगत वर्षको तुलनामा तरकारी खेतीलाई घटाउँदै लगेका छन् । उनी आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिन्छन् उत्तिकै बढी चिन्ता बजार मूल्यको छ । उनले भने, ‘बजारमा अहिलेसम्म पर्याप्त मल पाइएको छैन, ब्ल्याकमा ५० रुपैयाँ किलोमा किन्नुपर्ने बाध्यता छ । बीउबिजन पनि गुणस्तरहीन हुँदा आपतउस्तै छ । किसानको जीवन सधैँ चिन्तामा बित्ने भयो ।’ ग्रामिण ताजा फलफूल तथा तरकारी सहकारीका सदस्यसमेत रहेका महतो सहकारीलाई सिधै थोक बजारमा लगेर बेच्न सक्ने बाताबरण बनाइदिने हो भने केही मूल्य पाउने बताउँछन् । पूर्वचितवनका महतोले भोगेको समस्या उनको मात्र नभएर चितवनका अन्य क्षेत्रका किसानहरुको पनि भोगेको साझा समस्या हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ र १५ मा चार बिघा जग्गामा गाजर लगाएकी अर्की किसान राधा दवाडी न्यौपानेको समस्या पनि उस्तै छ । गत वर्ष भिन्डी, फर्सी, काउली, घिरौला, करेलो, लौका जस्ता तरकारी लगाएर घाटा खाए पछि उनी अहिले गाँजर खेती गरे केही मूल्य पाइने आशमा गाँजर खेतीमा लागेकी छन् । उनका अनुसार एक बिघा क्षेत्रफलमा धेरैमा ५०० क्विन्टलसम्म गाँजर फल्छ । एक बिघामा पाँच केजी गाजर चाहिन्छ । गाजरको बिउलाई २४ हजार रुपैयाँ पर्छ । मलसहित सबै खर्च गर्दा तीन लाख जति खर्च लाग्ने उनले बताइन् । उनले भनिन्, ‘ ठूलो लगानी गरेको उत्पादनले राम्रो मूल्य पाएन भने घाटामा परिन्छ । सधै चिन्ता मूल्यकै हुन्छ । ’ हरेक तरकारीलाई फरक फरक तापक्रममा राख्नुपर्ने भएकोले खेतीअनुसार छुट्टाछुट्टै चिस्यान केन्द्रको स्थापना गर्न सकेमा बजार आउँदा बेच्न सकिन्थ्यो तर त्यस्तो अवस्था नभएकोमा उनले चिन्ता व्यक्त गरिन् । किसानसँग प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको गाजर बजारमा प्रति केजी ५० रुपैयाँमा बिक्री भइरहेको उनले नारायणी अनलाइनलाई बताइन् । तरकारी किसानले दुःख गरेर फलाएको तरकारीमा बिचौलिया हाबी हुदा मूल्य पाउन नसक्ने किसानहरुको चिन्ता छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram