रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
पुष्पकमल दाहाल प्रचण्डले अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्दै जाने

काठमाडौं, पुस २७(
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्दै जाने बताएका छन्। उनले बाइसिएललाई बलियो बनाउँदै पार्टीलाई मद्दत गर्न पनि आग्रह गरेका छन्।
‘यो अवसरलाई हामीले सदुपयोग गर्नुछ। पार्टी निर्माण, वाइसिएललाई अझ बलियो बनाउन, जनताको विकासका आकांक्षालाई सम्बोधन गरेर त्यसलाई सदुपयोग गर्नुछ,’ योङ्ग कम्युनिष्ट लिगको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुशासन दिने र भ्रष्टाचार अन्त्य गरेर आर्थिक समृद्धिको यात्रा अगाडि बढाउनुछ।’
आफूले प्रतिनिधि सभामा मंगलबार सम्बोधनका क्रममा बताएका विषयबस्तुलाई कार्यान्वयन गर्न सके नयाँ इतिहास र नयाँ युग सुरू हुने पनि उनले बताए। उनले प्रतिक्रियावादीका धेरै घेराबन्दी चिरेर यहाँसम्म आइएको बताएका थिए।
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]