Listen Live: 

बढी कागतीपानी पिउनु हानिकारक, देखिन सक्छन् यस्ता समस्या

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

तन्दरुस्त रहन कतिपयले कागतीपानी पिउने गर्छन् ।  यसबाट पाचन प्रणाली राम्रो हुन्छ भने छालामा चमक आउछ । यस्तै वजन कम हुन्छ, शरीर हाइड्रेड हुुन्छ र शरीरलाई भिटामिन सी पनि प्राप्त हुन्छ । केही मानिसको वर्षभरीनै कागती पानी पिउने बानीनै बनिसकेको हुन्छ । यो बानी राम्रो हो, तर आवश्यकता भन्दाबढी कागती पानीको प्रयोग नोक्सानीपूर्ण हुन जान्छ । कागतीको फाइदालाई लिएर यदि यसको प्रयोग धेरैनै गर्न थालियो भने सावधान हुनु आवश्यक छ ।  पेटमा हुनसक्छ समस्या
कागतीको अधिक सेवनले ग्यास्टिक अल्सरको खतरा बढ्न जान्छ । यसबाट लूज मोसन, पेटमा दुखाई जस्ता समस्या हुन्छ । कागतीमा अक्सलेट पाइन्छ । कागतीको अधिक सेवनले यो पेटमा गएर अक्सलेट क्रिस्टलको रुप लिन्छ, जुन अगाडि गएर मिर्गौलाको स्टोन वा गल ब्लाडर स्टोन बन्न सक्छ । यस्तै कागतीमा रहेको साइट्रस अम्लको असर दाँतमा पनि पर्न जान्छ । यसका कारण दाँतको इनामेल खराब हुन्छ भने दाँतको सेन्सेटिभिटी बढाउँछ । यसबाट बच्नका लागि धेरै कागती पानी नपिउनुहोस् र जब पिउनु हुन्छ जरुर स्ट्राको प्रयोग गर्नुहोस् । टाउको दुुखाई र माइग्रेनको खतरा
कागतीमा रहेको एमिनो एसिडले दिमागमा रगतको प्रवाह अचानक रुपमा बढाइदिन्छ । जसका कारण अचानक तीव्र टाउको दुखाई र माइग्रेनको खतरा बढ्न जान्छ ।
डिहाइड्रेशन पनि हुन सक्छ
बढी कागतीपानी पिउनाले छिनछिनमा पिसाब लाग्ने समस्या हुनहुन्छ । बारम्बार शौचालय जानुपर्ने र पर्याप्त पानी नपिउनाले शरीरमा पानीको कमी हुनसक्छ ।
हड्डी कमजोर हुने जोखिम
कागती अम्लिए स्वभावको हुन्छ । दिनमा कयौँ पटक कागती पानी पिउनाले वा कुनै किसिमबाट कागतीको धेरै प्रयोग गर्नाले हड्डी कमजोर हुन जान्छ ।
टाउको दुख्ने सम्भावना हुन जान्छ
धेरै कागतीको प्रयोग गर्नाले प्रोटिन टुक्राउने इन्जाइम पेप्सिन सक्रिय हुन्छ ।
लामो समयसम्म धेरै कागतीको प्रयोग गर्नाले टाउको दुख्ने समस्या आउछ ।
कागतीपानीको सही प्रयोग
–कागतीको प्रयोग अवश्य पनि सही तरिकाले गर्नुुस्, यसले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्छ ।
–बिहानीको सुरुवात कागती पानीबाट गर्नाले यसबाट उर्जा प्राप्त भइरहन्छ ।
–यदि बिहान कागतीको पानी पिइएको छ भने सलादमा यसको प्रयोग गर्नबाट जोगिनुस् ।
– कागतीपानीको प्रभावबाट दाँतलाई जोगाउनु छ भने त्यसै किसिमको भाडो प्रयोग गर्नुस् ।
–विज्ञसँग सोधेर एक दिनमा कति कागतीपानी पिउनुपर्छ भन्ने थाहा पाउनुहोस् ।

आन्य समाचारहरु:-
August 27, 2023
पूर्वी चितवनमा धानमा गबारोसंगै पातको फेद डढुवा रोगको प्रकोप

चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । […]

August 25, 2023
चितवनको केरामा ‘ओइलाउने’ रोग

चितवन,भदौ ८- चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन […]

August 17, 2023
१६ दिनमा थपिए साढे ६ हजार डेंगी संक्रमित, कोसी र वाग्मतीमा सबैभन्दा धेरै

काठमाडौं,साउन ३२- यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार […]

August 11, 2023
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या

चितवन। चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram