कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गर्ने

दाङ, पुस २७(
मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् । सोही समयाअवधिभित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले बताए ।
प्रदेश प्रमुखले दिएको समयको एकदिन अगाडि मंगलबार नै दाबी पेस गर्ने तयारी गरे पनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि दाबी पेस हुन नसकेको प्रदेशसभा सदस्य तथा एमाले नेता भूमिश्वर ढकालले बताए । माओवादीले क्न्द्रले भने अन्तिम समयमा लुम्बिनीमा मुख्यमन्त्रीको कार्यकाल आधारआधा हुनुपर्ने अडान राखेको थियो ।
लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन्। जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक्ता पर्छ। सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ ।
गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन । २०७४ को पहिलो प्रदेशसभा चुनाव पछि एमालेका महासचिव शंकर पोखरेल मुख्यमन्त्री भएका थिए । करिब दुई वर्षपछि उनको सरकार ढाल्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ९सोनाम० २८ साउन २०७८ मा मुख्यमन्त्री भएका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

