चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या

चितवन, पुस २७–
जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ । एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ ।
कुपोषण हुनेमा महिलाको सङ्ख्या धेरै रहेको एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरि सापकोटाले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमा पिछडा वर्गका समुदायका बढी सङ्ख्यामा कुपोषण समस्या देखिएको छ । भरतपुर महानगरपालिका, माडी, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा रहेका सङ्क्रमितमा कुपोषणको समस्या देखापरेको हो । परिवारका सदस्यमा सङ्क्रमण हुँदा आयआर्जनमा समस्या परेकाले कुपोषण देखिने गरेको उनको भनाइ छ ।
कुपोषणका कारण एचआइभी एड्स सङ्क्रमितमा विभिन्न किसिमका समसया देखिने गरेको उनले बताए । उनले भने, “कुपोषणका कारण रोगसँग लड्ने क्षमताको विकास नहुँदा अन्य रोगको सङ्क्रमण बढ्दै जान्छ ।” रोगसँग लड्ने क्षमताको विकास नभएपछि शरीरमा भाइरसको सङ्ख्या बढ्ने, रक्तअल्पता हुने, दैनिक आर्यआर्जनमा समस्या हुने, क्षयरोग, झाडापखला, घाउ खटिरा हुने, ज्वरो आउने, निमोनिया हुनेजस्ता समस्या भइरहने उनले बताए ।
जसका कारण मानव स्वास्थ्यमा नियमित समस्या देखिने गरेको उनको भनाइ छ । एचआइभी एड्स सङ्क्रमितमा कुपोषणको समस्या नहोस् भनेर कार्यालयले उनीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ भने स्थानीय सरकारसँग समन्वय गरेर पोषणयुक्त खानाका लागि सहयोग गरेको छ ।
अहिले जिल्लामा एक हजार एक सय १० जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरूले नियमित औषधि सेवन गर्ने गरेको उनले जानकारी दिए । सापकोटाका अनुसार सन् २०२२ मा जिल्लामा एक सय १४ जना नयाँ सङ्क्रमित थपिएका छन् । जसमध्ये ३४ भरतपुर अस्पतालमा र ८० जना जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाको सक्रियतामा पत्ता लागेका हुन् । यस वर्ष सेन्टरबाट एक सय ४५ नयाँ बिरामीले औषधि सेवन गर्न थालेका छन् । जसमध्ये ३१ जना जिल्ला बाहिरबाट यहाँ आएका हुन् । यस्तै यस वर्ष जिल्ला छाडेर स्थानान्तरण हुनेको सङ्ख्या ४६ जना रहेको उनले बताए ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]