काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सूचीकृत संस्थामा १० वर्ष सञ्चालक बन्न प्रतिबन्धित

काठमाडौं, पुस २७(
नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सूचीकृत संस्थामा १० वर्ष सञ्चालक बन्न प्रतिबन्धित गरेको छ । बोर्डका अध्यक्ष रमेश हमालका अनुसार बोर्डले गैरकानूनी सेयर कारोबार गरेका न्यौपानेलाई कारबाही गर्नु नपर्ने कारण सहित स्पष्टीकरण सोधेको थियो । तर चित्त बुझ्दो जवाफ नआएकाले कारबाही गरेको हो।
मंसिर २५ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले दुबैलाई कारबाही गर्न निर्णयसहित सिफारिस गरेको थियो । न्यौपानेले सञ्चालक समितिमा भएको समयमा एकाघरका परिवारका सदस्यको नाममा भएको सेयर बिक्री गरेको बोर्डको अनुसन्धानले पुष्टि गरेको थियो ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना गरेको छ । सोही ऐनमा भएको व्यवस्था अनुसार अब न्यौपाने कारबाहीको १० वर्षको अवधि पुरा नभएसम्म कुनै पनि सूचिकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन पाउने छैनन् ।
न्यौपानेको छोरा बुहारीको केसमा पनि अध्ययन भइरहेको हमालले जनाए ।
यता नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले भने देश बाहिर रहेकाले बोर्डको स्पष्टीकरणको चिठी बुझ्न ढिला गरेको हमालले जनाएका छन् ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]