कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
इनरह्वील क्लबको स्थापना दिवस

चितवन,पुस २७(
सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुको क्लब इन्टरनेशनल इनरह्वील डिष्ट्रक ३५० ले क्लबको स्थापना दिवस मनाएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा एक औपचारिक कार्यक्रमको आयोजना गरी ९९औँ स्थापना दिवस मनाएको हो ।
महिलालाई सक्षम बनाउने र बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले आफ्ना गतिविधि अगाडि बढाउँदै आएको सो क्लबले गरेका कामको प्रभावकारिता र आगामी कार्ययोजनाको विषयमा छलफल गरी स्थापना दिवस मनाएको हो । डिष्ट्रकको आयोजना र इनरह्वील क्लब अफ भरतपुर, इनरह्वील क्लब अफ नारायणी, इनरह्वील क्लब अफ भरततपुर सिटी र इनरह्वील क्लब अफ भरतपुर डिभाइनको सह–आयोजनामा कार्यक्रम गरिएको हो । क्लबको स्थापना दिवसको अवसरमा क्लबमा आबद्ध महिलाहरुबीच आत्मीयता साटासाट, गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा इन्टरनेशनल इनरह्वील डिष्ट्रककी अध्यक्ष सीमा झाले इनरह्वील क्लब नेपालका महिलाहरुको सबै भन्दा ठूलो संस्था भएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सक्षम बनाएर आत्मनिर्भर बनाउने र आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित बालबालिकालाई शिक्षा प्रदान गर्ने क्लबको मुख्य उद्देश्य रहेको झाले बताउनुभयो । कार्यक्रममा अधिवक्त फूलमाया रानाभाटले महिला सशक्तीकरण, आयआर्जन र सीप विकासका बारेमा प्रकाश पार्नुभएको थियो ।
इनरह्वील क्लब अफ मिट हाउन पोखराकी पूर्वअध्यक्ष पार्वती पाण्डेले विश्वका १०७ वटा देशमा रहेको इनरह्वील क्लब नेपालमा ३५ वटा जिल्लामा रहेको बताउनुभयो । कार्यक्रममा इन्टरनेशनल इनरह्वील डिष्ट्रककी राष्ट्रिय प्रतिनिधि कमलप्रभा खरेल, इनरह्वील क्लब अफ बुटवलकी पूर्वअध्यक्ष सरस्वती श्रेष्ठ, इन्टरनेशनल इनरह्वील डिष्ट्रिककी निवर्तमान अध्यक्ष ज्ञानु श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ३०० जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]