Listen Live: 

‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने

Radio Chitwan
बुधबार, पुस २७, २०७९

चितवन, पुस २६–

यही पुस २८ गतेदेखि सुरु हुने आठौं सँस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ ।

महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं।२ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नुहुनेछ । गृहमन्त्री आउने हुनेभएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले आज अपरान्ह महोत्सव स्थलको निरीक्षण समेत गर्नुभएको छ ।

खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव समुद्घाटन अघि मंगनी चोकदेखि महोत्सव स्थलसम्म झाकीसहितको शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा १५० भन्दा बढी विभिन्न प्रकारका स्टलहरु रहेन छन् । महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रम अन्तरगत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक कार्यक्रमहरु रहने छन् । यस्तै यसपटक तराईका २२ जिल्लाका थारु समुदायका थारु परिकारहरु महोत्सवमा खान पाइनेछन् । महोत्सवमा पहिलोपटक जिल्लास्तरीय भलिबल प्रतियोगिता, दैनिक विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क स्वाथ्य सेवा उपलब्ध हुनेछन् भने कृषि उपजहरु प्रदर्शनीमा राखिने छन् । यस्तै विविध मनोरञ्जनात्मक बाल उद्यानहरु समेत रहने आयोजकले जनाएको छ ।

यस्तै खिचरा डान्स आइडललगायतका अन्य प्रतियोगितात्मक कार्यक्रहरु समेत रहेको आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ का सभापति चुडामणि चौधरीले जानकारी दिए ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram