Listen Live: 

कोरोना संक्रमणदर घटेपनि जोखिम कायमै, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले  तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गरे । अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरुबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले अझैपनि संक्रमणको जोखिम नटरेको उनले बताए ।  अधिकारीले संक्रमण कम हुँदा सावधानि अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उल्लेख गरे । विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भएपनि अझैपनि संक्रमणको जोखिम धेरै रहेको सहायक प्रवक्ता अधिकारीले बताए ।  आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि बिगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए । जनस्वास्थ्यको मापदण्डको पालना गर्नाले कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने उनले बताए ।  सहायक प्रवक्ता डा. अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट आएको खण्डमा पनि खोप र जनस्वास्थ्यको मापदण्डले नै जोखिम कम गर्ने अवस्था रहेको बताए । उनले संक्रमण दर घटेसँगै मन्त्रालयले गर्ने सबै प्रकारका स्वास्थ्य सँग सम्बन्धित कामहरु पूर्ण रुपमा सुचारु भएको पनि बताए । 

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

July 24, 2024
बछाैलीमा निशुल्क आँखा शिविर : २५० जनाको परीक्षण गर्दा ३७ जनामा मोतियाविन्दु

चितवन । चितवन रत्ननगर नगरपालिका ७ स्थित  बछाैलीमा बुधबार आयोजित निशुल्क  आँखा परिक्षण शिविरमा २५० जनाले आँखा परिक्षण गराएका छन् ।  रत्ननगर ७ मा रहेकाे सौराहा आँखा उपचार केन्द्रमा भएकाे […]

May 26, 2024
के थाइराइड देखिएपछि सन्तान जन्मिदैन ?

काठमाडौं । पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ । थाइराइड फेडेरेसन इन्टरनेसलका अनुसार प्रत्येक आठ महिलामध्ये एकले […]

March 27, 2024
काठमाडौंमा १२ जनामा कोभिड पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ ।   मौसमी फ्लु भनी अनुमान गरिएका उनीहरू उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram