Listen Live: 

नगर प्रमुख रेग्मी जनताजस्तैं भूईंमा बसेर जनताको समस्या सुन्दै

Radio Chitwan
मङ्लबार, पुस २६, २०७९

चितवन,२६ पुष ।
जनप्रतिनिधीहरु निर्वाचन जितेपछि जनताको समस्या नसुन्ने, सुख सुविधामा रमाउने गरेको भन्दैं आलोचना हुँदै आएको सुन्न पाइन्छ । तर, कतिपय जनप्रतिनिधी भने जनताको स्तरमा नै आफूलाई राख्दै जनताको समस्याको समाधानका लागि खटिरहेका उदाहरण पनि सुन्न र देख्न पाइन्छ । चितवनको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी जनताका समस्याको समाधान तत्काल गर्न रुचाउने र जनताको सुखदुःखमा सँगसँगै रहन चाहान्छन् । कालिका नगरपालिका वडा नं।९ को विकट कोलारमा पुगेका नगर प्रमुख रेग्मी जनताजस्तैं भूईंमा बसेर जनताको समस्या सुन्दै गरेको तस्वीर पछिल्लो समयमा निकै चर्चामा छ । नगर प्रमुख रेग्मी कोलारका स्थानीयवासिन्दाको समस्या सुन्न र तिनको समाधानका लागि के उपाय गर्न सकिन्छ भनेर सो ठाउँ पुगेका थिए । बैशाखमा भएको निर्वाचनका बेलामा मत माग्न पुगेका नगर प्रमुख रेग्मी जितेपछि कोलार पुगेर आइपरेका समस्या समाधानको उपायको खोजी गरे । तस्वीरमा नगरप्रमुख रेग्मी जनतासँगै भूईंमा पलेटी कसेर जनताका पिरमर्का सुनेका छन् । ‘उहाँहरुले नगरप्रमुख आउनुभयो भनेर कुर्सी टकार्नुभयो, तर मैंले तपाईंहरुसँगै बस्छु भने, उहाँहरु जसरी भूईंमा बस्नुभयो, म पनि त्यसरी नै बसे’ नगर प्रमुख रेग्मीले भने, ‘जनतालाई तल वा होचोमा राखेर मलाईं अग्लो हुनु छैन । जनता जहाँ जस्तो अवस्थामा बस्छन् म पनि त्यहीँ रमाउन चाहान्छु ।’ नगरप्रमुख दाहालले एक घण्टासम्म जनताका समस्याहरु सुने । उनले सो क्षेत्रमा आयआर्जनका लागि सिपमूलक र व्यवासीयक तालिमको आवश्यकता रहेको भन्दैं जनतालाई समूह बनाएर नगरपालिकामा आउन आग्रह गरे । नगर प्रमुख रेग्मीले समूह बनाएर आए तत्कालै आफूले नगरपालिकाकोतर्फबाट रकम विनियोजन गरेर सहयोग गर्ने आश्वासन जनतलाई दिएको बताए । कोलारमा ३३ घर रहेका छन् । बाख्रापालन, स्थानीय जातका कुखुरापालन वा अन्य सिपमूलक तालिमका लागि नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताए । उनले सो क्षेत्रमा रहेका चेपाङ्ग बालबालिकाले सानो उमेरमा विवाह गर्ने समस्या रहदै आएको भन्दै नगरपालिकातर्फबाट चेतनामूलक कार्यक्रम लैजाने सोच पनि बनाएको बताए । स्वास्थ्य सेवा, खानेपानी, विद्यालय लगायतका क्षेत्रमा पनि नगरपालिकाले काम गर्ने नगरप्रमुख रेग्मीले बताए ।

आन्य समाचारहरु:-
April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

April 21, 2024
रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाे पत्रचार

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएकाे छ ।  कार्यपालिकाको  बैशाख ९ गतेकाे निर्णय र नगर  शिक्षा ऐन २०७४ संशोधन सहितको दफा […]

April 20, 2024
चितवनको रत्ननगर वडा नं ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जनाले सेवा लिगेका छन ।

रत्ननगर । शिविरमा छालाराेगका २१ जना , बालराेगका ३१ जना, स्त्रीराेगका २२ र हाड जाेर्नी राेगका १९० जना गरि  २६४ जनाले स्वास्थय परिक्षण गराएका हुन। भने  १२२ जनाले प्रयोगशाला सेवाकाे […]

April 20, 2024
समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

बुटवल, बैशाख ८ । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram