कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भिंजस् खलस् रत्ननगरको ३६ औं वार्षिक साधारण सभा तथा १८ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन

रत्ननगर, पुष २५ ।
भिंजस् खलस् रत्ननगरको अध्यक्षमा पुनः गोविन्दकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । सो संस्थाको ३६ औं वार्षिक साधारण सभा तथा १८ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा हरिसुन्दर लाखे, सचिवमा राजु मालाकार, कोषाध्यक्षमा नारायण सुन्दर महाजु र सदस्यहरुमा बुद्धराम जोशी ९रविन०,दानबहादुर भूजु, गोविन्दमान श्रेष्ठ, भैरव श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, ध्रुब खें र महेश राजभण्डारी चयन भएका छन् ।
नेवा देय दवु का केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारी प्रमुख अतिथी रहेको साधारणसभा तथा अधिवेशनमा रत्ननगर वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य,जिल्ला आयुर्वेद अस्पताल रत्ननगरका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका सदस्य बुद्धराम जोशी ९रविन० ले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव राजु मालाकारले संचालन गरेका थिए ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]