Listen Live: 

नोबेलले अटेरी गर्‍यो, कारबाही हुन्छ : चिकित्सा शिक्षा आयोग

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरूमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटक पटक ध्यानाकर्षण गराए पनि कलेजले अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताएका हुन् ।  उनले छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको बताए । उनले छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने बताए । उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरे पनि कलेजले अवहेलना गरिरहेको भन्दै अबको विकल्प भनेको सिट नदिने वा सम्बन्धनको खारेजी भएको बताए । उनले कलेजलाई कारबाहीको लागि आयोगमा छलफल गर्ने पनि बताए । त्यस्तै आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले अहिलेको विद्यार्थीको विषय भनेको रकमको नभई जीवन रक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताए । उनले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको बताए । त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले कलेजले पैसा बढी लिएको वा घटी लिएको भन्ने अधिकार सदस्य सचिवलाई नरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले नियमभन्दा बाहिर गएर कलेजले विद्यार्थीहरूसँग पैसा असुलिरहेको भन्दै सदस्यसचिव काफ्लेलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गरे । उनले आयोगको सदस्यसचिवले अहिलेसम्म विद्यार्थीहरू अनसनमा आइसक्दासमेत उनीहरूको पीडा बुझ्न नसकेको आरोप लगाए । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाँले विद्यार्थीहरूले त्यही कलेजमा पढ्न नसक्ने भन्दै उनीहरूको लागि सुरक्षित गन्तव्य खोज्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले विद्यार्थीहरूबाट धेरै पैसा असुलेको कुरा प्रस्ट भएको भन्दै कलेजलाई कारबाही गर्नुपर्ने माग गरे । उनले विद्यार्थीहरूले आफूमाथि बढी लिएर गरेको अन्यायविरुद्ध बोल्नु विद्यार्थीहरूको अधिकार भएको बताए । सांसद तामाङले कानुन र ऐन मिचेर जाने कलेजलाई कारबाही गर्नुपर्ने बताए ।  नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले विद्यार्थीहरू नोबेल मेडिकल कलेजमा पढ्न नसक्ने भनेर हरेस खाइसकेको भन्दै अर्को स्थान सुरक्षित गर्नुपर्ने बताइन् । उनले विद्यार्थीहरूलाई अर्को कलेजमा पढ्ने वातावरण मिलाएमा सो कलेजलाई नैतिक र आर्थिक कारबाही स्वतः हुने बताए । 

आन्य समाचारहरु:-
September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

August 27, 2023
पूर्वी चितवनमा धानमा गबारोसंगै पातको फेद डढुवा रोगको प्रकोप

चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । […]

August 25, 2023
चितवनको केरामा ‘ओइलाउने’ रोग

चितवन,भदौ ८- चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन […]

August 17, 2023
१६ दिनमा थपिए साढे ६ हजार डेंगी संक्रमित, कोसी र वाग्मतीमा सबैभन्दा धेरै

काठमाडौं,साउन ३२- यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram