Listen Live: 

रेड मर्क्युरी भन्दै ठगी गर्ने ९ जनालाई प्रहरीले पक्राउ

Radio Chitwan
मङ्लबार, पुस २६, २०७९

काठमाडौँ, पुस २६–

रेड मर्क्युरी भन्दै ठगी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीका ३९ वर्षीय अख्तर हुसेन, धादिङ गल्छी गाउँपालिका–६ घर भएका ३० वर्षीय राज मगर, रूपन्देही कञ्चन गाउँपालिका–५ घर भएका ३८ वर्षीय मिन बहादुर दर्जी, म्याग्दी बेनी नगरपालिका–५ घर भएका ४५ वर्षीय प्रेम बहादुर बाँनिया र धादिङ धुनिवेशी गाउँपालिका–२ महेशँफाटका २५ वर्षीय कृष्ण कुमार परियार रहेका छन् ।

त्यस्तै, प्यूठान नौबैरी गाउँपालिका–३ घर भएका ५१ वर्षीय गंगा बहादुर बुढा, बागलुङ जलजला गाउँपालिका–४ घर भएका ५१ वर्षीय मुयाल श्रीष, रौतहट गुजरत नगरपालिका–२ वर्म टोलका ३८ वर्षीय संगम लामा र उदयपुर गडी गाउँपालिका–५ क्युरेनीका ३९ वर्षीय बलजित विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ धुम्बाराहीमा केही व्यक्तिहरूलाई ठगी गर्ने उद्देश्यले रेड मर्क्युरी हो भन्दै १ करोड रूपैयाँमा मोलमोलाई गरी अवैध कारोबार गर्न लागिरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाएको छ ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram