कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
स्वास्थ्य सेवालाई समेटेको खिचरा महोत्सवले यसपटक बिरामीहरुको विशेज्ञ सेवा नै दिने तयारी

यही पुस २८ गतेदेखि सुरु हुन लागेको आठौं संस्करणको ‘खिचरा महोत्सव’मा यसपटक विभिन्न विधालाई फरक–फरक तरिकाले प्रस्तुत गर्न लागिएको छ ।
विगतमा रक्तदान कार्यक्रम गर्दै स्वास्थ्य सेवालाई समेटेको खिचरा महोत्सवले यसपटक बिरामीहरुको विशेज्ञ सेवा नै दिने तयारी थालेका छन् । खैरहनी–८ पर्सामा रहेको केयर पोलिक्लिनिकको सहयोगमा ‘निःशुल्क वरिष्ठ डाक्टर सेवा उत्सव’ हुन लागेको छ । हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म विभिन्न विशेषज्ञ डाक्टर सेवा र औषधिहरु निःशुल्क उपलब्ध गराइनुका साथै र छुटसहितको सहुलियत दरमा ल्याब, एक्सरे तथा भिडियो एक्सरे सुविधा उपलब्ध गराइने छ ।
स्वास्थ्य शिविरमा पुस २८ गतेका दिन वरिष्ठ स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा। पुष्प चौधरी, २९ गते वरिष्ठ छाती, मुटु, पेट, मधुमेह, उच्च रक्तचाप तथा थाइराइड विशेषज्ञ डा। गौरीराम महतोले निःशुल्क सेवा दिनेछन् ।
त्यस्तै पुस ३० गते हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा। प्रितम चौधरी, माघ २ गते वरिष्ठ नाक कान घाँटी तथा थाइराइड विशेषज्ञ डा। विकाश पाण्डे र वरिष्ठ सर्जन डा। अमित चौधरी, माघ ४ गते वरिष्ठ हाडजोर्नी, नशा, मेरुदण्ड, जोर्नी–प्रत्यारोपण तथा क्यान्सर रोग विशेषज्ञ डा। अरुण सिग्देल एवं हरेक दिन मेडिकल अधिकृत डा। अभिनाश कुमार रायले महोत्सव परिसरमा निःशुल्क सेवा उपलब्ध गराउने स्वास्थ्य समितिका संयोजक भोला चौधरीले जानकारी दिएका छन् ।
२९ गतेका दिन आँखा शिविर, माघ ३ गते बृहत खुला रक्तदान कार्यक्रम, माघ ४ गते भरतपुर क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर स्क्रिनिङ कार्यक्रम समेत हुने स्वास्थ्य समितिका सहसंयोजक मानसिंह चौधरीले जानकारी दिए । महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म खैरहनी नगरपालिका वडा नं। ५ गौचरन, चितवनमा हुँदैछ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

