काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
स्वास्थ्य सेवालाई समेटेको खिचरा महोत्सवले यसपटक बिरामीहरुको विशेज्ञ सेवा नै दिने तयारी

यही पुस २८ गतेदेखि सुरु हुन लागेको आठौं संस्करणको ‘खिचरा महोत्सव’मा यसपटक विभिन्न विधालाई फरक–फरक तरिकाले प्रस्तुत गर्न लागिएको छ ।
विगतमा रक्तदान कार्यक्रम गर्दै स्वास्थ्य सेवालाई समेटेको खिचरा महोत्सवले यसपटक बिरामीहरुको विशेज्ञ सेवा नै दिने तयारी थालेका छन् । खैरहनी–८ पर्सामा रहेको केयर पोलिक्लिनिकको सहयोगमा ‘निःशुल्क वरिष्ठ डाक्टर सेवा उत्सव’ हुन लागेको छ । हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म विभिन्न विशेषज्ञ डाक्टर सेवा र औषधिहरु निःशुल्क उपलब्ध गराइनुका साथै र छुटसहितको सहुलियत दरमा ल्याब, एक्सरे तथा भिडियो एक्सरे सुविधा उपलब्ध गराइने छ ।
स्वास्थ्य शिविरमा पुस २८ गतेका दिन वरिष्ठ स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा। पुष्प चौधरी, २९ गते वरिष्ठ छाती, मुटु, पेट, मधुमेह, उच्च रक्तचाप तथा थाइराइड विशेषज्ञ डा। गौरीराम महतोले निःशुल्क सेवा दिनेछन् ।
त्यस्तै पुस ३० गते हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा। प्रितम चौधरी, माघ २ गते वरिष्ठ नाक कान घाँटी तथा थाइराइड विशेषज्ञ डा। विकाश पाण्डे र वरिष्ठ सर्जन डा। अमित चौधरी, माघ ४ गते वरिष्ठ हाडजोर्नी, नशा, मेरुदण्ड, जोर्नी–प्रत्यारोपण तथा क्यान्सर रोग विशेषज्ञ डा। अरुण सिग्देल एवं हरेक दिन मेडिकल अधिकृत डा। अभिनाश कुमार रायले महोत्सव परिसरमा निःशुल्क सेवा उपलब्ध गराउने स्वास्थ्य समितिका संयोजक भोला चौधरीले जानकारी दिएका छन् ।
२९ गतेका दिन आँखा शिविर, माघ ३ गते बृहत खुला रक्तदान कार्यक्रम, माघ ४ गते भरतपुर क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर स्क्रिनिङ कार्यक्रम समेत हुने स्वास्थ्य समितिका सहसंयोजक मानसिंह चौधरीले जानकारी दिए । महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म खैरहनी नगरपालिका वडा नं। ५ गौचरन, चितवनमा हुँदैछ ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]